बार्सिलोको हुएस्का माथि ८-२ को जित, मेसी र स्वारेजले गरे २-२ गोल !

2018-09-03

एजेन्सी - बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सोसिडाड डिपोर्टिभा हुएस्कामाथि शानदार जित निकालेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले नव प्रवेशी क्लब हुएस्कामाथि ८-२ अन्तरले हरायो ।

घरेलु मैदानमा बार्सिलोनालाई जिताउन लियोनल मेसी र लुइस स्वारेजले २-२ गोल गरे। यस्तै ओसुमाने डेम्बेले, इभान राकीटिच र जोर्डी अल्बाले समान १-१ गोल गरेका थिए। बार्सिलोनाले एक गोल आत्मघाती उपहार पाएको थियो। हुएस्काका जोर्गे पुलिडोले आत्मघाती गोल गर्दा जुवान हर्नान्डेज र एलेक्स गाल्लरले १-१ गोल फर्काए। क्याम्पनाउमा बार्सिलोनाले सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो।

दोस्रो हाफमा बार्सिलोना थप आक्रमक बन्यो। ४८ औं मिनेटमा डेम्बेलेले गोल गर्दै खेललाई ४-२ को स्थितिमा पुर्‍याए। खेलको ५२ औं मिनेटमा राकीटिचले गोल गरेपछि बार्साको अग्रता५-२ पुग्यो। ६१ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ६-२ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८१ औं मिनेटमा अल्बा र ९० औं मिनेटमा स्वारेजले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ८-२ को जित दिलाए। यो जितसँगै बार्सिलोनाले लिगमा लगातार तेस्रो जित निकाल्न सफल भएको छ।

जितपछि शीर्ष स्थानमा उक्लिएको बार्सिलोनाले ३ खेलबाट ९ अंक जोडेको छ। हुएस्काको यो पहिलो हार हो। हुएस्काले ३ खेलबाट ४ अंक जोडेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ