‘आइरन म्यान’को फौज बनाउँदै रूस

2018-08-31

मस्को - रूसले आइरन म्यान अर्थात् ‘रोबो सैनिक’ निर्माण गर्न शुरु गरेको छ। रूसले रोबोकप एक्सो-स्केलिटन कवचको परीक्षण पनि शुरु गरेको छ। हालै प्रदर्शित सुपर सोल्जर स्केलिटन बारे रूसले रोबो सैनिक सामान्य सैनिकभन्दा निकै शक्तिशाली भएको जानकारी दिएको छ। अमेरिकाले स्पेस फोर्स गठन गर्ने बताएलगत्तै रूसले यस्तो खुलासा गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि उनले स्पेस फोर्स गठन गर्ने बताउँदै आएका छन्।

मेल अनलाइनका अनुसार रोबोसैनिक ‘स्टार वार्स’ चलचित्रमा देखाएजस्तै भएको उल्लेख गरेको छ। यस्तो सैनिकले एकै हातले मसिनगन प्रहार गर्ने र कम्प्युटरमा पनि सटीक निशाना लगाउने रूसले जानकारी दिएको छ।

यो सुट लगाएर सैनिक जवानले निकै गह्रुँगो सामान पनि उठाउन सक्ने र तीव्र गतिमा दौडन सक्ने बताइएको छ। मिलिट्री फर्म चिनीतोकमाशले रत्निक-३ रोबो सैनिकको कवच पनि तयार गरेको छ। उक्त कवच मस्कोमा आयोजित ‘सैन्य २०१८ अन्तर्राष्ट्रिय सैन्य एवं प्रविधि मेला’मा प्रदर्शन गरिएको थियो।

टाइटेनियमबाट तयार गरिएको यो कवच विशेष तरिकाले निर्माण गरिएको छ। यो कवच लगाउने व्यक्तिमा शक्ति र स्टेमिना बढाउन मिल्ने दाबी गरिएको छ। उक्त कवच लगाएका सैनिकमाथि कुनै पनि खाले गोली र बमका छर्राको असर नपर्ने रूसले जानकारी दिएको छ। रूसी कम्पनीले सैनिकले युद्धमा यो कवच लगाएर सन् २०२५ मा युद्धमा उत्रन सक्ने गरी तयारी भइरहेको जानकारी दिएको छ। हाल यसको ब्याट्रीमा समस्या आएकाले त्यसमा पुनः काम भइरहेको बताइएको छ।

कवचका विशेषता

घाँटीमा बुलेटप्रुफ संरक्षक युक्त

स्क्रिनबारे जानकारी दिने डिजिटल हेलमेट

श्वास फेर्न विशेष प्रविधिसहितको अनुहार रक्षक मास्क लगाइएको

स्वैच्छिक रूपमा कवचको तापक्रम घटबढ गर्न मिल्ने

कवचसँगै टर्च, ब्याट्री र रातमा भिडियो क्यामराको सुविधा

फरक फरक साइजका गोली प्रहार गर्न मिल्ने

कम्प्युटर नियन्त्रित भएकाले सैनिकले गह्रुँगो हतियार लामो समय लिन सकिने

भूमिगत विस्फोटकबाट सुरक्षित बुटयुक्त




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ