इथियाेपियामा सेनाको हेलिकोप्टर दुर्घटना, १८ को मृत्यु

2018-08-31

सेनाको हेलिकोप्टर दुर्घटना हुँदा बिहीबार इथियोपियामा १८ जनाको मृत्यु भएको छ । राज्यको संलग्नता रहेको फाना प्रसारण निगमले मुलुकको मध्य भागमा पर्ने डायर डावा र विशोफ्टुको बीचमा हेलिकोप्टर दुर्घटना भएको जनाएको हाे ।

हेलिकोप्टरका सबै जनाकाे मृत्यु भएको बताइएको छ । हेलिकोप्टरमा १५ जना सैनिक र तीन जना चालक दलका सदस्य रहेका थिए । घटनाका बारेमा थप विवरण आउन बाँकी नै रहेको समाचारमा जनाइएकाे छ ।

यसअघि सन् २०१३ मा इथियोपियाको सैन्य विमान मोगादिसुमा दुर्घटना हुँदा चालक दलका चार जनाको मृत्यु भएको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ