नेपाल भर्सेस ओमान : नेपालको ३२ ओभर, ४ विकेट, १०० रन पूरा

2018-08-29

काठमाडौं - मलेसियामा जारी एशियन कप छनोट प्रतियोगितामा अहिले नेपाल र ओमानबीच प्रतिस्पर्धा भइरहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १०० रन पूरा गरेको छ ।

उसले ३२ ओभरमा ४ विकेटको क्षतीमा १०० रन पूरा गरेको हो । नेपालको ब्याटिङ आज पनि राम्रोसँग चल्न सकेको छैन । उसले महत्वपूर्ण चार विकेट गुमाइ सकेको छ ।

कप्तान पारस खड्का, उप-कप्तान ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल र दिपेन्द्र सिंह ऐरी आउट भइसकेका छन् । सुवास ४, पारस ८, ज्ञानेन्द्र ४५ र दिपेन्द्र ९ रनमा पवेलियन फर्किए । यो समाचार तयार पार्दासम्म क्रीजमा सोमपाल कामी र सागर पुन छन् ।

नेपाल ओमानसँग ६ पटक भिडेको छ । जसमा नेपालले सुरुका तीन खेल जितेको छ भने पछिल्ला तीनवटै खेलमा नेपालले पराजय बेहोरेको छ । छनौट प्रतिस्पर्धामा नेपाल र ओमानसँगै सिंगापुर, हङकङ, आयोजक मलेसिया र युएई छन् ।

नेपालले भदौ १४ गते युएई, १६ गते मलेसिया, १७ गते सिंगापुर र १९ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोविन लिगका आधारमा हुने खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । विजयी हुने टोलीले एसिया कपको समूह बी मा रहेर खेल्नेछ । यो समूहमा भारत र पाकिस्तान पनि हुने छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ