जुम्लाले गर्ने भयो लगानी सम्मेलन, लगानी गर्नेलाई करमा भारी छुट

2018-08-26

काठमाडौं - जुम्लाको औद्योगिक विकासका लागि लगानी जुटाउने उद्देश्यले चन्दननाथ नगरपालिकाले पहिलो पटक लगानी प्रवर्द्धन सम्मेलन गर्ने भएको छ ।

स्वदेशी–विदेशी पर्यटकको आकर्षणको केन्द्रका रुपमा रहेका से–फोक्सुण्डो र रारा ताल नजिक अवस्थित उक्त नगरपालिकाले आइतबार यहाँ पत्रकार सम्मेलन गरेर औद्योगिक लगानीका निम्ति आह्वान गरेको हो ।

उक्त नगरपालिकाको कर्णाली प्राविधिक शिक्षालयमा ‘विकास सामथ्र्यको उजागर’ भन्ने नाराका साथ यही भदौ २९ गते उक्त सम्मेलन हुने नगरप्रमुख कान्तिका सेजुवालले जानकारी दिए ।

सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेलसहित प्रतिष्ठित उद्योगी व्यवसायी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा दातृ निकायका प्रतिनिधि, बैँक तथा वित्तीय संस्थाको प्रतिनिधित्व हुने उनले जानकारी दिइन् ।

बीस हजार जनसंख्या रहेको नगरपालिकामा क्षेत्र पुग्ने पर्यटकले शे–फोक्सुण्डो तथा रारा ताल, सिन्जा सभ्यता एक दिनको हिँडाइमा भ्रमण गर्न सकिने जानकारी पनि दिइयो । नगरप्रमुख सेजुवालले थपिन्, ‘अन्य स्थानीय तहलेभन्दा हामीले थोरै कर निर्धारण गरेका छौं । जुम्लामा लगानी गर्नेलाई नगरपालिकाले करमा भारी छुट दिनेछ । रासस




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ