खोटाङको अध्यक्षमा रामप्रसाद दंगाललाई सर्वसम्मत गर्न नेकपा कार्यकर्ताको दबाव

2018-08-25

खोटाङ सम्बाददाता - नेपाल कम्युनिष्ट पार्टि (नेकपा) को खोटाङ जिल्लाको नेतृत्व तत्कालिन एमालेले लिने कि तत्कालिन माओवादी केन्द्रले लिने भन्ने अझै टुंगो लागिसकेको छैन । तर जिल्ला अध्यक्षमा पूर्व एमालेका नेता रामप्रसाद दंगाललाई सर्वसम्मत बनाउन जीला नेता तथा कार्यकर्ताहरुबाट दवाब बढ्दै गएको छ ।

काठमाडौंमा बसेर नेताको पछि लागेर मात्र जिल्लाको समग्र नेता हुन नसक्ने बताउदै नेकपाको कार्यकर्ताहरु धर्ना दिने सुर समेत कसेका छन् । खोटाङमै बसेर जिल्लाको समग्र विकास निर्माणमा रचनात्मक भूमिका निर्वाह गर्नु सक्ने क्षमता भएका नेता खोटाङले चाहेको नेकपाका एक कार्यकर्ताले बताए ।

जिल्लाको अध्यक्षमा रामप्रसाद दंगालका अलावा पूर्व एमालेका अर्का नेता देवविक्रम राईले समेत दावी गर्दै आएका छन् । पुर्व माओवादी भने आफ्नो भागमा जिल्ला अध्यक्ष आए ध्रुव बुढाथोकी 'धिरेन'को नाम अघि सार्ने तयारीमा छ । तर पुर्व एमालेको तर्फ़बाट बन्ने भए पूर्व एमालेका नेता राम दंगाललाई सर्बसम्मत स्वीकार गर्न सकिने पुर्व माओवादीका एक जिम्मेवार नेताले जानकारी दिए ।

१३५ सदस्यीय रहने जिल्ला कमिटीमा पूर्व एमालेको भागमा ५७.७७ प्रतिसत (७८ जना) र पूर्व माओवादीको भागमा ४२.२३ प्रतिसत (५७ जना) रहने यस अघि नै सहमति भैसकेको छ । त्यस्तै, सहमति अनुसार ४५ सदस्य रहने जिल्ला सचिवालयमा पूर्व एमालेको ५५.५६ प्रतिसत (२५ जना) र पूर्व माओवादीको ४४.४५ प्रतिसत (२० जना) र जिल्ला कार्यालयमा ७ जना सदस्य रहने छन् । जस अनुसार जिल्ला कार्यालयमा ५७.१४ प्रतिसत (४ जना) र ४२.८५ प्रतिसत (३ जना) रहने छन् ।

दश वटा स्थानीय तह रहेको खोटाङमा पूर्व एमालेले ६ र पूर्व माओवादी केन्द्रले ४ वटाको नेतृत्व लिने यस अघि नै सहमति गरिसकेका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ