टेष्ट बरियताकाे शीर्ष स्थानमा कोहली, १० भित्र को-को परे ?

2018-08-24

एजेन्सी - भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली पुनः टेष्ट बरियतामा ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा पुगेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ टेष्ट ब्याट्सम्यानको वरियतामा कोहली ९३७ अंकसहित शीर्ष स्थानमा पुुगेका हुन्। कोहलीले अष्ट्रेलियाका पूर्वकप्तान स्टेभेन स्मिथलाई फेरि पछि पारेका हुन्।

इंग्ल्यान्डविरुद्ध तेस्रो टेष्टमा उत्कृष्ट प्रदर्शन गरेपछि कोहली शीर्ष स्थानमा फर्किएका हुन्। नयाँ वरियताको दोस्रो स्थानमा रहेका स्मिथले ९२९ अंक पाएका छन्।

अरुको स्थान कस्तो ?

– विराट कोहली, भारत
-स्टिभ स्मिथ, अस्ट्रेलिया
-केन विलियम्सन, न्युजिल्याण्ड
-डेविड वार्नर, अस्ट्रेलिया

-जो रुट, इंग्ल्याण्ड
-चेतेश्वर पुजारा, भारत
-दिमुथ कारुनारात्ने, श्रीलंका
-दिनेश चण्डिमाल, श्रीलंका
-डिन एल्गर, दक्षिण अफ्रिका
-एडीन मार्क्रम, दक्षिण अफ्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ