युभेन्टसको जर्सीमा रोनाल्डोको परिवार

2018-08-22

काठमाडौं - अहिले स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको झन चर्चा चुलिएको छ । इटालियन च्याम्पियन युभेन्टसमा अनुबन्ध भएपछि रोनाल्डोको चर्चा झन चुलिएको हो । रियल मड्रिडबाट उनलाई ११२ मिलियन युरो तिरेर ल्याएपछि युभेन्टसको फ्यान फलोइङ्ग पनि बढेको छ ।

३३ वर्षीय रोनाल्डोले सिरी ए को डेब्यु खेलमा गोल गर्न सकेनन् । तर उनले परम्परागत खेलमा भने गोल गरेका थिए । रोनाल्डोले आफ्नो प्रभाव सिरी ए मा पार्ने तयारी गरिरहेका छन् भने युभेन्टस फ्यानले उनीबाट धेरै आश गरिरहेका छन् ।

यसैबीच, रोनाल्डोले केही दिनअघि एउटा तस्बिर सेयर गरेका छन् । जसले युभेन्टस प्रेमलाई संकेत गर्छ । त्यसमा रोनाल्डो र उनीकी प्रेमिका तथा तीन छोरा र एक छोरीले युभेन्टसको जर्सी लगाएका छन् ।

रोनाल्डो र उनकी प्रेमिका जोर्गिना रोड्रिग्वेजले कालो रंगको अवे जर्सी लगाएका छन् । यस्तै तीन छोरा र एक छोरीले युभेन्टसको चर्चित कालो-सेतो चेक भएको जर्सी लगाएका छन् । -एजेन्सी




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ