पूर्वक्रिकेटर इमरान खानले लिए प्रधानमन्त्रीको शपथ

2018-08-18

इस्लामावाद - पाकिस्तान तहरीक–ए–इन्साफका प्रमुख इमरान खानले शनिबार राष्ट्रपति ममनून हुसेनबाट पाकिस्तानको २२ औं प्रधानमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । कालो रंगका शेरवानीमा सजिएका पीटीआइका प्रमुख एवं पूर्वक्रिकेटर इमरान खानले उर्दू भाषामा पद तथा गोपनीयताको शपथ लिएका हुन ।

इमरानका शपथग्रहण समारोहमा शपथग्रहण समारोहमा पूर्वप्रधानमन्त्री, सभामुख, उपसभामुख, सेनाका उच्च अधिकारीहरुको, मुख्यमन्त्रीहरु, उच्च सरकारी अधिकारीहरुको उपस्थित थिए । साथै समाराेहमा कांग्रेसका नेता एवं पूर्वक्रिकेटर नवजोतसिंह सिद्धूका साथै पूर्वसहित वर्तमान खेलाडीको बाक्लो उपस्थिति थियो ।

इस्लामावादमा पूर्वक्रिकेट कप्तानले साधारण समारोहमा शपथ लिएका हुन । खान शुक्रवार पाकिस्तानी नैशनल असेम्बलीमा भएको मतदानमा १७६ मल प्राप्त गरि देशका २२ औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

शपथ ग्रहणमा ठूलो संख्यमा पाकिस्तानी सेनाका उच्च अधिकारीहरुको उपस्थिति थियो । इमरानकी श्रीमति बुशरा उर्फ पिन्की पीर पनि शपथग्रहण समारोहमा उपस्थित थिइन ।

गएको जलाई २५ तारिकमा भएको आम निर्वाचनमा इमरानको पार्टी पीटीआई धेरै स्थान जित हात पार्दै पाकिस्तानको सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको थियो । पाकिस्तानको इतिहासमा क्रिकेटरबाट प्रधानमन्त्री हुने इमरान खान पहिलो व्यक्ति बनेका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ