२७ वटा बैंककाे गतवर्षको नाफा ४९ अर्ब

2018-08-16

काठमाडौं - वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष ४८ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएका छन्। हाल सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकले आव २०७४÷०७५ मा यो नाफा गरेका हुन्। यो नाफा अघिल्लो आवभन्दा करिब १८ प्रतिशत बढी हो। राष्ट्रिय वाणिज्य बैंकले भने वित्तीय विवरण सार्वजनिक गरेको छैन।

आव २०७३/०७४ मा यी बैंकले ४१ अर्ब ५८ करोड नाफा कमाएका थिए। २७ वटा वाणिज्य बैंकमध्ये सिभिल, सेञ्चुरी र जनता बैंकको नाफा अर्बभन्दा कम र अन्यको अर्बभन्दा बढी छ।

राष्ट्रिय वाणिज्य बैंकबाहेक गत आवमा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ। नबिलले गत आव चार अर्ब पाँच करोड नाफा गरेको छ। अघिल्लो आवमा यो बैंकको नाफा तीन अर्ब ६१ करोड थियो।

नबिलपछि तीन अर्बभन्दा बढी नाफा कमाउनेमा तीनवटा बैंक छन्। कृषि विकास बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको नाफा साढे तीन अर्बभन्दा माथि छ भने नेपाल बैंकको नाफा तीन अर्ब ३९ करोड छ।

कृषि विकास बैंकले तीन अर्ब ६७ करोड नाफा कमाएर दोस्रो बढी नाफा कमाउने बैंक बनेको छ। बैंकले अघिल्लो आवमा दुई अर्ब ५४ करोड नाफा कमाएको थियो। यसैगरी बढी नाफा कमाउनेमा तेस्रो ठूलो बैंक नेपाल इन्भेस्टमेन्ट हो। बैंकले गत आवमा तीन अर्ब ५७ करोड नाफा गरेको छ। अघिल्लो आवमा बैंकको नाफा तीन अर्ब ११ करोड थियो। नेपाल बैंकको अघिल्लो आवमा तीन अर्ब ११ करोड नाफा गरेको थियो।

यसैसरी चारवटा बैंकले दुई अर्बभन्दा बढी नाफा कमाएका छन्। १६ वटा बैंकको नाफा अर्बभन्दा माथि छ। अघिल्लो आवको तुलनामा गत आवमा एनसीसी, माछापुच्छे« र नेपाल बंगलादेशको नाफा घटेको छ।

अघिल्लो आवको तुलनामा यी बैंकको नाफा घटे पनि अहिले भएको नाफालाई सन्तोजनक मान्नुपर्ने राष्ट्र बैंकको भनाइ छ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बिजनेस बढेकाले नाफा बढेको बताए। गत आवमा बैंकहरूको लगानी विस्तार भएका कारण पनि नाफा उत्साहजनक रूपमा वृद्धि भएको हो। देशमा स्थायी सरकार आएपछि अघिल्ला आर्थिक वर्षको तुलनामा गत आवमा कर्जाको माग पनि बढी भएकाले नाफा बढ्न गएको हो।

बैंकहरूले कर्जा र निक्षेप दुवैको ब्याज अघिल्लो आवदेखि घटाएका छैनन्। लगानीयोग्य पुँजी अभावका बेला कायम भएको ब्याजदरमा त्यति धेरै परिवर्तन नआउनुले नाफा बढाउन सहयोग पुगेको छ। अघिल्लो आवको तुलनामा बैंकले पुँजी वृद्धि गरेकाले गत आवमा नाफा बढाउन सजिलो भएको हो।

 


अन्नपुर्ण




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ