मेसीले दिलाए बार्सिलोनालाई सुपर कपको उपाधि

2018-08-13

एजेन्सी - बार्सिलोनाले स्पेनिस सुपर कप २०१८ को उपाधि जितेको छ । आइतबार राति मोरोक्कोमा भएको खेलमा सेभिल्लालाई २–१ ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो ।
यस सिजनका लागि कप्तान तोकिएका मेसीले पहिलो खेलमा नै बार्सिलोनालाई उपाधि दिलाएका हुन् ।

खेलको ९ मिनेटमा पाब्लो साराबियाको गोलबाट सेभिल्लाले अग्रता बनाएको थियो । सुरुमा उनको गोललाई रेफ्रीले अफसाइड भन्दै मान्यता नदिए पनि भीआरमार्फत चेक गर्दा गोलको मान्यता पाएको थियो ।

बार्सिलोनाका लागि खेलको ४२ औं मिनेटमा जेरार्ड पिकेले बराबरी गोल गरे । ७८ औं मिनेटमा ओस्माने डेम्बेलेले गोल गरेपछि बार्सिलोनाले खेलमा अग्रता बनायो ।

८९ औं मिनेटमा सेभिल्लाले पेनाल्टी पाई बराबरी गर्ने अवसर पाएको भए पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन् । सेभिल्लाका बेल यडरले हानेको पेनाल्टी बार्सिलोनाका गोलकिपर स्टेगेनले बचाई बार्सिलानाको जित पक्का गरिदिए ।

स्पेनिस सुपर कप स्पेनको घरेलु लिग ला लिगा र कोपा डेल रेको विजेताबीच हुने प्रतिस्पर्धा हो । दुबै उपाधि एउटैले जितेको खण्डमा कोपा डेल रेको उपविजेता र ला लिगाको विजेता बीच प्रतिस्पर्धा हुने गर्छ।

यो स्पेनिस सुपर कप टाइटलको ३२ औं संस्करण हो । ३२ मध्ये बार्सिलोनाले सबैभन्दा बढी १३ पटक उपाधि जितेको छ । रियल मड्रिडले १० पटक र बाँकी अन्यले जितेका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ