प्रभु ग्रुपले ल्यायो 'वालेट अब मोबाइलमा', यसरी गर्न सकिन्छ मोबाइलबाटै कारोवार !

2018-08-10

काठमाडौँ - प्रभु ग्रुपले नेपालमा वालेट अब मोबाइलमा भन्ने नारा सहित प्रभु पे नामक डिजिटल वालेट को सुरुवात गरेको छ ।

आजको डिजीटल युगमा प्रभु पे ले नौलो र फरक सुबिधा ल्याएको छ, यसलाई आफ्नो मोबाइलमा डाउनलोड गरेपछी पैसा संग सम्बन्धित सम्पूर्ण कार्यहरु जस्तै कुनैपनि बैंक अथवा वित्तीय संस्थाको खाता बाट पैसा ट्रान्सफर गर्न, बिजुली, पानी लगायत अरु बिल भुक्तानी, किनमेलमा पैसा तिर्न, प्रभु टि भी रिचार्ज गर्न, मोबाइल रिचार्ज गर्न, NCHL डिपोजिट गर्न सहज हुने छ ।

यसबाट अनलाइन मात्र नभई युनियन पे र QR Code स्क्यान मार्फत पनि पैसा तिर्न सकिनेछ यसैगरी प्रभु पे ले नियमित ग्राहकलाई रु १०,००,००० सम्म को दुर्घटना बिमा को सुबिधा पनि दिएको छ भने अरुलाई रिफर गरे बापत प्रत्येक रिफरमा रु ३० बराबरको ब्यालेन्स दिनेछ । प्रभु पे को आफ्नै अलगै च्याट सिस्टमको सुबिधा पनि रहेको छ ।

प्रभु ग्रुप अन्तर्गत बैक, इन्स्योरेन्स, मनि ट्रान्सफर, हेलिकप्टर, प्रभु टि भी, सुचना प्रबिधि र व्यवस्थापन सम्बन्धि विभिन्न कम्पनिहरु छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ