नेपाली टिमलाई भारतीय एकदिवसीय क्रिकेट खेल्न निम्तो

2018-08-07

काठमाडौं - नेपालको अण्डर १९ राष्ट्रिय क्रिकेट टोलीले भारतमा हुने एकदिवसीय क्रिकेट सिरिजको मौका पाएको छ । भारतमा हुने ४ टोलीबीचको ५० ओभरको खेलमा नेपालले पनि मौका पाएको हो । सो एकदिसीय खेल भारतीय क्रिकेट बोर्ड बीइसीसीको आयोजनामा भइरहेको हो ।

खेल कोलकतामा हुने छ । प्रतियोगितामा नेपालसहित भारत र अफगानिस्तानका यू-१९ टोलीले खेल्ने छन् । चौथो टोली नेसनल क्रिकेट एकेडेमी (एनसीए) यू-१९ टोली छ । यो बीसीसीआईको एकेडेमी टोली हो ।

युवा टोलीको क्षमता अभिवृद्धिका लागि भारतले प्रत्येक बर्ष आयोजना गर्ने यो सिरिजमा गत वर्ष श्रीलंकाको यु १९ टोलीलाई बोलाएको थियो यस पटक नेपाललाई अवसर दिएको छ । भारतको यू-१९ र अफगानिस्तानको यू-१९ टोलीले यो सिरिजलाई आगामी विश्वकपको तयारीका रूपमा हेरेका छन्। नोभेम्बरमा मलेसियामा भएको पछिल्लो एसिया कपमा नेपाली यू-१९ ले भारतको यू-१९ टोलीमाथि ऐतिहासिक जित निकालेको थियो।

यस्तै सिरिजलाई यू १९ एसिया कपको तयारीको रुपमासमेत लिइएको छ। बंगलादेशले आगामी अक्टोबरमा एसिया कपको आयोजना गर्दैछ। जसमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, हङकङ, बंगलादेश, युएई र अफगानिस्तान गरी ८ टोलीले खेल्ने छन्।

कोलकामा हुने सिरिजमा सहभागी चार टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । शीर्ष दुई टोलीले सिरिजको उपाधिको लागि खेल्ने छ । तेस्रो र चौथो हुने टोलीबीच तेस्रो स्थानको लागि प्ले अफ खेल हुनेछ।

चार टोली सम्मिलित एकदिवसीय शृंखलाको तालिका यस्तो छ-

सेप्टेम्बर १२- भारत यू-१९ विरुद्ध अफगानिस्तान यू-१९, इडेन गार्डेन्स
सेप्टेम्बर १२= एनसीए यू-१९ विरुद्ध नेपाल यू-१९, जेयू
सेप्टेम्बर १४- भारत यू-१९ विरुद्ध नेपाल यू-१९, इडेन गार्डेन्स
सेप्टेम्बर १४- एनसीए यू-१९ विरुद्ध अफगानिस्तान यू-१९, जेयू
सेप्टेम्बर १६- भारत यू-१९ विरुद्ध एनसीए यू-१९, इडेन गार्डेन्स
सेप्टेम्बर १६- अफगानिस्तान यू-१९ विरुद्ध नेपाल यू-१९, जेयू
सेप्टेम्बर १८- टिम १ विरुद्ध टिम २
सेप्टेम्बर १८- टिम ३ विरुद्ध टिम

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ