७५ जना अतिवादी इश्लामलाई सामुहिक रुपमा यसरी झुण्डाइयो

2018-08-05

इजिप्ट- इजिप्टको एक अदालतले शनिबार मुश्लिम ब्रदरहुडका नेताहरूसहित विभिन्न ७५ जना अतिवादी इश्लाम धार्मिक अनुयायीहरूलाई मृत्यदण्डको फैसला सुनाएको छ ।

इजिप्टको कानून अनुसार फैसलालाई कायान्वयनमा लान सादा पोशाकधारी अन्य सरकारी अधिकारीको पनि परामर्श लिनु पर्ने प्रावधान रहेको छ । मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गर्न पाउने पनि कानूनी व्यवस्था रहने छ ।

आन्दोलनको बलमा पदच्युत गरिएका इश्लामिक राष्ट्रपति मोहमद मोर्सी र सुरक्षाकर्मीबीच सन् २०१३ मा भएका झडपहरूमा प्रहरीको हत्यामा सम्लग्नता रहेका तथा सार्वजनिक सम्पत्ती हिनाविना गरेको आरोपमा मुद्दा लागेका ७१३ जनमध्ये ७५ जनालाई शनिबार मृत्युदण्डको सजाय सुनाइएको हो ।

आधुनिक इजिप्टको इतिहासमा भएको कहालीलाग्दो उक्त झडपमा उक्त समय करीब ७०० इजिप्टेली नागरिकको मृत्यु भएको थियो ।

जसमा बरिष्ठ ब्रदरशहुड नेता मोहम्मद एल–बेल्टागी, इश्लाम अल–आर्यन र सफ्वात हिजाजी अदालतको कठघरामा रहेका थिए भने अन्य सुनुवाइका क्रममा अनुपस्थित थिए ।

अदालतले गत मे महिनामा युनेस्को प्रेस स्वतन्त्रता पुरस्कार प्राप्त गरेका शावकान नामबाट चिनिने प्रसिद्ध फोटो पत्रकार महमद अवु जैदको सुनुवाई भने तत्कालका लागि स्थगित गरेको छ ।

 

रासस/एएफपी




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ