बार्सिलोनाले मेसीलाई दियो कप्तानको जिम्मेवारी

2018-08-03

एजेन्सी - अब बार्सिलोनाका कप्तान लियोनल मेसी हुने भएका छन् । बार्सिलोनाका नियमित कप्तान इनिएस्टा जापानिज क्लबमा गएपछि मेसी कप्तान भएका हुन् । बार्सिलोनाले प्रि-सिजन सकिए लगत्तै मेसीलाई कप्तानको जिम्मेवारी दिने बताइएको छ।

प्रि-सिजन टुरमा बार्सिलोनाले सर्जी रोबर्टो, राफिन्हा, ज्यास्पर सिलेसनलाई कप्तान बनाएको छ। मोरक्कोमा सेभियासँग हुने स्पेनिस सुपरकपको फाइनलअघि मेसीलाई उक्त जिम्मेवारी दिने तयारी क्लबले गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

मेसीपछि दोस्रो स्थानमा सर्जियो बुस्क्वेट तथा तेस्रो रोजाइमा डिफेन्डर जेरार्ड पिके छन्। इभान राकिटिक र जोर्डी आल्वाको समेत सम्भावना रहेको समाचारमा जनाइएको छ। लुइस स्वारेज र टेर स्टेगनलाई क्लबले चौथो रोजाइमा राखेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ