एकदिवसीय क्रिकेट : श्रीलंकाविरुद्ध दक्षिण अफ्रिका विजयी

2018-08-02

काठमाडौँ - श्रीलंकाविरुद्धको एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ । यो जितसँगै पाँच एकदिवसीय श्रृङ्खलामा अफ्रिकाले २–० को अग्रता पनि लिएको छ ।

बुधबार राति टस जिति पहिला ब्याटिङ गरेको घरेलु टोली श्रीलंकाले अफ्रिकालाई २४५ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य अफ्रिकाले ४२.५ ओभरमा मात्र ६ विकेट गुमाएर भेट्टायो ।

दक्षिण अफ्रिकालाई जिताउन क्वीनटन डी कक ८७, फापडु प्लेसीस ४९ र हासिम आमलाले ४३ रन बनाएका थिए । श्रीलंकाका अकिला धनन्जयले ३ विकेट लिए ।

श्रीलंकाले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर २४४ रन बनाएको थियो । उसका कप्तान एंगेलो म्याथ्युजले आउट नभई ७९ रन बनाउँदा निरोशन डिकवेलाले ६९ रन बनाएका थिए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ