प्रेस सेन्टर र प्रेस चौतारीबीचको एकता हुँदै, २२५ जनाको केन्द्रीय समिति बन्ने

2018-08-01

काठमाडौं - तत्कालीन नेकपा माओवादी केन्द्र र एमाले निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालबीचको एकताको लागि गठन भएको कार्यदलको तेस्रो पूर्ण बैठक मंगलबार सम्पन्न भएको छ ।

बैठकले प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालका महासचिवद्वय प्रेस सेन्टरका महासचिव विष्णु सापकोटा ‘जुगल’ र चौतारीका महासचिव राजेश राई तयार पारेको संगठनको अन्तरिम बिधान–२०७५ लाई पारित गरेको छ ।

दुबै संगठन एकतापछि बन्ने एकीकृत संगठनको नाम ‘प्रेस संगठन, नेपाल’ अग्रेजीमा Press organisation, Nepal (PON) राख्ने निर्णय भएको छ । अन्तरिम कालको लागि सबै तहमा कार्यालय, सचिवालय र समिति राख्ने निर्णय पनि उक्त बैठकले गरेको छ । संगठनको संरचना र संख्या निम्न अनुसार रहनेछ सहमति बैठकले गरेको छ ।

संगठनका समिति
– केन्द्रीय समिति: अध्यक्ष र महासचिव सहित २२५ सदस्सीय
– प्रदेश समिति : अध्यक्ष र सचिव सहित १ सय २५ सदस्सीय
– जिल्ला समिति : अध्यक्ष र सचिव सहित ३५ सदस्सीय
– शाखा समिति : अध्यक्ष र सचिव सहित ९ सदस्सीय

आयोग
– अनुशासन आयोग : अध्यक्ष र सचिव सहित १५ सदस्सीय
– लेखा आयोग : अध्यक्ष र सचिव सहित १५ सदस्सीय

आगमी तीनदिनभित्रमा दुबै संगठनका केन्द्रीय समिति र आयोगमा रहने सदस्यहरुको सूचीसहित माउ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई कार्यदलले संगठन एकताको लागि सिफारिस गर्ने निर्णय गरिएको प्रेस सेन्टरका महासचिव विष्णु सापकोटा ‘जुगल’ ले जानकारी दिए ।

बैठकमा पार्टी स्थायी कमिटिका सदस्य तथा प्रेस सेन्टर, नेपालकी इन्चार्ज पम्फा भुसाल, पार्टी स्थायी कमिटिका सदस्य तथा प्रेस चौतारी, नेपालका इन्चार्ज योगेश भट्टराई, कार्यदलका सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश वस्नेत र कार्यदल सदस्य तथा प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालको उपस्थीति थियो ।

यसैगरी बैठकमा पार्टीका केन्द्रीय सदस्य विष्णु रिजाल, प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष माधव नेपाल, प्रेस सेन्टर नेपालका उपाध्यक्ष बलराम थापा, महासचिव बिष्णु सापकोटा ‘जुगल’ र प्रेस चौतारी नेपालका महासचि राजेश राईको उपस्थिति रहेको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ