नेपालको पहिलो एक दिवसीय खेल आज, प्रतिद्वन्द्वी नेदरल्यान्ड्स

2018-08-01

काठमाडौं - नेपालले आफ्नो पहिलो एक दिवसीय खेलको रूपमा बुधबार नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ । यद्यपि खेलको नतिजा आउनुअघि नै नेपाली क्रिकेटले आफ्नो अन्तर्राष्ट्रिय यात्रामा एउटा नयाँ कोशेढुंगा पार गर्ने पक्का छ ।

अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेको २२ वर्षपछि नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को मान्यतामा आफ्नो पहिलो एक दिवसीय खेल खेल्न लागेको हो । त्यसैले ऐतिहासिक मानिएको यो खेल नेपालका लागि निकै महŒवपूर्ण बनेको छ ।

नेपालले गत मार्चमा जिम्बाब्वेमा सम्पन्न एक दिवसीय विश्वकप छनोट प्रतियोगितामार्फत पहिलोपटक एक दिवसीय टोलीको मान्यता प्राप्त गरेको थियो । त्यसपछि यसै सिजन फेरि एक दिवसीय टोलीको रूपमा फर्किएको नेदरल्यान्ड्ससँग नेपालले आफ्नो पहिलो एक दिवसीय शृंखला खेल्न लागेको हो । त्यसका लागि नेपाली टोली नेदरल्यान्ड्स पुगिसकेको छ । घरेलु टोलीविरुद्ध दुई एक दिवसीय शृंखला खेल्ने तय भएको नेपालले दोस्रो एक दिवसीय भने बिहीबार खेल्नेछ । लन्डनको मेरिलेवन क्रिकेट क्लब (एमसीसी)मा नेदरल्यान्ड्ससमेत सहभागी भएको त्रिकोणात्मक शृंखला खेलेर आफ्नो पहिलो एक दिवसीय शृंखलाका लागि त्यहाँ पुगेको नेपालले सुखद सुरुआतको योजना बनाएको छ ।

नेपालले लर्डस्मा एमसीसीविरुद्ध ६ ओभरको खेल खेलेको थियो । आईसीसीबाट टीट्वेन्टी खेलको मान्यतासमेत प्राप्त गरेको नेपालको नेदरल्यान्ड्स विरुद्धको खेल भने वर्षाका कारण अवरुद्ध बनेको थियो । त्यसअघि नेपालले लन्डनमा त्यहाँका स्थानीय क्लबसँग केही अभ्यास खेलसमेत खेलेको थियो ।

नेपाली टोलीका कप्तान पारस खड्काले एक दिवसीय शृंखला आफूहरूका लागि निकै महŒवपूर्ण भएको बताएका छन् । ‘हामीले सुरुआतबाटै देखेको सपना हो एक दिवसीय क्रिकेट’, पारसले आईसीसीसँग भनेका छन्, ‘त्यो खेल हाम्रा लागि कत्तिको महŒवपूर्ण छ भन्ने कुरा हामीले बुझेका छौं ।’

यी दुई टोलीबीच आधिकारिक एक दिवसीय खेल पहिलोपटक हुन लागे पनि ५० ओभरको क्रिकेटमा भने यस अघिबाटै खेल्दै आइरहेका छन् । विगतमा ५० ओभरको क्रिकेटमा एकअर्काविरुद्ध भएको प्रतिस्पर्धाको नतिजाले भने नेदरल्यान्ड्सलाई बलियो देखाएको छ । ५० ओभरको क्रिकेटमा नेपालले यसअघि नेदरल्यान्ड्ससँग पाँच खेल खेल्दा मात्र दुई खेलमा जित हात पारेको छ । बाँकी तीन खेलमा पराजय बेहोरेको छ ।

नेपालले यसअघि सन् २०१५ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध आर्मसटेलभिनस्थित भीआरए मैदानमै दुई खेल खेलेको थियो । पहिलो खेलमा सात विकेटले पराजय बेहोर्दा दोस्रो खेलमा भने नेपालले १९ रनको जित हात पारेको थियो । नेपालले नेदरल्यान्ड्सलाई ५० ओभरको क्रिकेटमा पराजित गरेको पनि त्यही अन्तिम अवसर थियो । नेपाली टोलीले बुधबार सोही मैदानमा फेरि नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दा जितको अपेक्षा गरिएको छ ।

५० ओभरको क्रिकेटमा नेपालविरुद्ध नेदरल्यान्ड्स

कुल खेल : ५

नेपाल विजयी : २

नेदरल्यान्ड्स विजयी : ३

 

 

अन्नपुर्ण




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ