रियल म्याड्रिडमा रोनाल्डोको स्थान बेललाई

2018-08-01

म्याड्रिड - टोलीका प्रभावशाली स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले रियल छाडेपछि अहिले रियल म्याड्रिड रोनाल्डोको स्थान परिपूर्ति गर्ने खेलाडीको खोजीमा छ । विश्वकपलगत्तै रोनाल्डो रियल म्याड्रिड छाडेर इटालियन क्लब युभेन्टसमा अनुबन्ध भए पनि रियललाई क्रिस्टियानो रोनाल्डोको अभाव टड्कारो खड्किने अड्कलबाजी गरिएको छ । तर, रियलका प्रशिक्षक जुलेन लापेटेग्वीले रोनाल्डोको स्थान गारेथ बेलले लिने बताएका छन् ।

विश्वकपअघि बेलले रियल छाड्ने चर्चा चले पनि टोलीका प्रशिक्षक जिनेदिन जिदान र रोनाल्डोले क्लब छाडेपछि बेल रियलमै बस्न खुसी देखिएका थिए । जुलेन पनि रोनाल्डोको स्थान ओगट्ने खेलाडी अरू नभएकोले बेलप्रति आशावादी देखिएका छन् ।

रियलले रोनाल्डोको स्थानमा पेरिस सेन्ट जर्मन (पीएसजी)का नेमार, केलियन एमबाप्पे र चेल्सीका इडेन हाजार्डलाई अनुबन्ध गर्ने तयारी गरे पनि उसले सफलता पाएको छैन । त्यही कारणले जुलेनको भरोसा बेलप्रति छ । ‘रोनाल्डोलाई इतिहासकै सबैभन्दा महŒवपूर्ण र राम्रा खेलाडी हुन् । उनको अनुपस्थितिमा हामीसँग अन्य क्षमतावान् खेलाडी पनि छन् । रेनाल्डोको स्थान बेलले लिनेछन् । रोनाल्डोको अभाव परिपूर्ति गर्ने क्षमता बेलमा पनि छ’, लापाटेग्वीले भनेका छन् ।

पोर्चुगल टोलीका स्टार रोनाल्डोलाई इटालियन क्लब युभेन्टसले विश्वकप सकिएलगत्तै १० करोड ५० लाख पाउन्डमा चार वर्षका लागि अनुबन्ध गरेको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ