एमसीसीमाथि नेपालको ९ विकेटको जित

2018-07-30

काठमाडौं - नेपालले आइतबार मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)माथि ९ विकेटको जित दर्ता गरेको छ। त्रिकोणात्मक सिरिज अन्तर्गत आइतबार भएको खेल वर्षाका कारण ६ ओभरमा झारिएको थियो।

टस हारेर पहिला ब्याटिङ गरेको एमसीसीले ६ ओभरमा चार विकेटको क्षतिमा ४० रन बनाएको थियो। ४१ रनको चुनौती पछ्याउने क्रममा नेपालले १ विकेटको क्षतिमा ४.४ ओभरमा ४१ रन बनाएको हो।

नेपालका लागि सुुवास खकुरेलले नट आउट १६ रन बनाए भने ज्ञानेन्द्र मल्ल नट आउट १२ रनमा रहे। ९ रनमा आउट भएका नेपालका ओपनर अनिल साहले ९ बलको सामना गर्दै दुई चौका प्रहार गरेका थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ