बलिउडको प्रतिष्ठित 'जी सिने अवार्ड' नेपालमा हुने

2018-07-23

काठमाडौँ - बलिउडको प्रतिष्ठित जी सिने अवार्डको नयाँ संस्करण नेपालमा हुने भएको छ । अवार्ड समारोहको प्रारम्भीक तयारीका लागि जी टिभीका मालिक तथा भारतीय राज्यसभा सदस्य डा. सुभास चन्द्रसहित चारजनाको टोली आएर छलफल र कार्यक्रमस्थलको प्रारम्भीक अध्ययन गरी आइतबार फर्केका छन् ।

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा यो अवार्ड नेपालमा आयोजना गर्नेबारे कुरा चलेको थियो । प्रधानमन्त्री ओलीको भ्रमण दलमा अभिनेताद्वय राजेश हमाल र दिनेश डिसी पनि सहभागी थिए ।

अवार्डबारेमा कलाकारमार्फत् चलेको कुराकानीमा प्रधानमन्त्री ओली सकारात्मक देखिएपछि तयारी अगाडी बढाइएको डिसीले जानकारी दिएका हुन् । अवार्डमा बलिउड दर्जनौं सेलिब्रिटीका साथै नेपाली सेलिब्रिटी पनि सहभागी हुनेछन् ।

डिसेम्बर पहिलो साता हुने भनिएको अवार्डका लागि भैंसेपाटी वा गट्ठाघरमा पाँच हजार दर्शक क्षमताको अस्थायी संरचना निर्माण गरिने छ । नेपालमा अन्तर्राष्ट्रियस्तरको कार्यक्रम आयोजना गर्न ठुला भवन नभएकाले यो संरचना निर्माण गरिन लागेको हो ।

डिसीले दिएको जानकारी अनुसार जि सिने अवार्डभन्दा अगाडि त्यही भवनमा पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजनामा ‘हिमालयन कन्क्लेभ’ आयोजना हुने भएको छ ।

जी टिभीका मालिक सुभाष चन्द्रले यस वर्षदेखि जी सिने अवार्डमा ‘बेस्ट नेपाली फिल्म’ विधा समेत थप्ने जानकारी दिएका छन् । यो विधाले विश्वमा नेपाली चलचित्रलाई चिनाउन महत्वपुर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

विश्वका विभिन्न देशमा आयोजना हुँदै आएको ८० करोड दर्शकले हेर्ने अनुमान गरिएको यो अवार्ड नेपालमा आयोजना हुँदा नेपालको पर्यटन विकासमा सहयोग पुग्ने दिनेश डिसीले बताए । सन् २०२० मा भिजिट नेपाल पनि मनाइँदै छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ