लन्डनको क्रिकेट क्लबमाथि नेपालको सानदार जित, पारस र ललितको उत्कृष्ट प्रदर्शन

2018-07-22

काठमाडौ - यूरोप भम्रणको पहिलो अभ्यास खेलमा नेपालले लन्डनको स्थानिय हैम्पशायर होग्स क्रिकेट क्लबमाथि उत्कृष्ट खेल प्रद्रशन गर्दै सानदार जित हात पारेको छ। शनिबार राति भएको खेलमा नेपालले हैम्पशायर होग्सलार्इ २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गर्यो । नेपालले दिएको ३ सय ६३ रनको लक्ष्य पछ्याएको होंग्सले ३७ दशमलव १ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय १९ रनमात्रै बनाउन सक्यो।

कप्तान पारसले डेढ सय रनको उत्कृष्ट पारी खेलेपछि मजबुद स्कोर बनाएको नेपाललार्इ पाँच विकेटसहित उत्कृष्ट स्पेल गर्दै ललितले सानदार जित दिलाएका थिए। ललितले १० ओभर बलिङ गर्दै ४ ओभर मेडन राखेर ३४ रन खर्चदै ५ विकेट लिए। यस्तै सन्दीप लामिछाने र दीपेन्द्रसिंह एेरीले २–२ विकेट लिए भने करण केसीले १ विकेट हात पारे। होग्सका ह्यारी फिसरले ३३ तथा टिम बाउचरले २२ रन जोड्नुबाहेक अन्य ब्याट्समेन खुलेर खेल्न सकेनन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले लण्डनको स्थानिय होग्स क्रिकेट क्लबविरुद्ध निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३ सय ६२ रन बनाएको थियो। कप्तान पारसले १ सय ६ बलको सामना गर्दै १ सय ६१ रन जोडेका थिए। सो क्रममा पारसले १९ चौका र ७ छक्का प्रहार गरेका थिए। यस्तै रोहित पौडेलले ४४ रन जोडे। ३४ बलको सामना गरेका उनले ५ चौका र १ छक्का प्रहार गरेका थिए भने ४६ बल खेलेका दीपेन्द्रसिंह एेरीले ५ चौकाको मदतमा ३७ रन जोडेका थिए।

जुलाई २९ तारिखमा लर्डसमा हुने नेपाल, नेदरल्याण्ड्स र एमसीसीसँगको त्रिकोणात्मक टी–२० र लगत्तै नेदरल्याण्डसविरुद्धको एेतिहासिक एक दिवसीय श्रृखंलाको तयारीका लागि नेपाल लन्डनमा अभ्यास खेलमा व्यस्त छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ