रियल मड्रिड नजाने भए नेइमार, यस्तो छ कारण !

2018-07-22

काठमाडौं - ब्राजिलका स्टार स्ट्राइकर नेइमारले आफू यो सिजन फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) मै रहने स्पष्ट पारेका छन्। इएसपिएन ब्राजिलका अनुसार नेइमार पिएसजीमै बसेर धेरै उपाधि जित्न चाहेकाले उनी अन्त कतै नजाने भएका हुन् ।

स्पेनिस क्लब रियल मड्रिडले नेइमारलाई ठूलो रकम तिर्न तयार रहेको खबर आइरहेको बेला नेइमारले आफू पिएसजीमै रहने स्पष्ट पारेका हुन् । उनी अघिल्लो सिजन कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी गएका थिए ।

नेइमारले आफू लिग वान च्याम्पियन पिएसजीबाटै अरु धेरै ट्रफी जित्न चाहेको इएसपिएनलाई दिएको अन्तर्वार्तामा भनेका छन् । आफू रियल मड्रिड जान चाहेको वा रियल मड्रिडले त्यसका लागि प्रस्ताव गरेको भन्ने सबै खबर नियोजित र हल्ला मात्र भएको उनले दाबी गरेका छन्।

यसअघि स्पेनिस क्लबले पनि रियल मड्रिडले नेइमारका लागि आफूले ठूलो रकम प्रस्ताव गरेको भन्ने खबरमा कुनै सत्यता नरहेको दाबी गरेका छन्। यस्तै नेइमारले रसिया विश्वकपमा ब्राजिलको प्रदर्शनलाई लिएर आफू दुःखी भएको बताएका छन् । ब्राजिल अन्तिम ८ मा बेल्जियमसँग पराजित भएर घर फर्किएको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ