२०१८ को उत्कृष्ट फुटबलको उपाधी रोनाल्डोलार्इ

2018-07-22

काठमाडौं - अर्जेन्टिनाका स्टार नियोनल मेसी र ब्राजिलका नेइमारलाई पछि पार्दै पोर्चुगलका स्टार स्ट्राकर क्रिस्टियानो रोनाल्डोले वर्ष २०१८ को उत्कृष्ट पुरूष फुटबल खेलाडीको उपाधि जित्न सफल भएका छन् ।

हालै रियल मड्रिडबाट युभेन्ट्स गएका रोनाल्डोले स्पोर्ट्स अनलाइन सोनी इएसपीएनले यो वर्षको सर्वोत्कृष्ट पुरूष खेलाडी घोषणा गर्दै ‘इएसपीवाई बेष्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर’ को उपाधि जितेका हुन् ।

यस्तै महिलातर्फको अवार्ड अष्ट्रेलियाकी समानथा केरले जितिन्। चीन यात्रामा रहेका रोनाल्डो अवार्ड कार्यक्रम सहभागी थिएनन्। गत सिजन स्पेनिस क्लब रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका रोनाल्डोले गत सिजन सबैखाले प्रतियोगितामा ४४ गोल गरेका थिए।

पाँच पटकको बालोन डीओर बिजेता रोनाल्डोले रियललाई चार पटक च्याम्पियन्स लिग जिताएका थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ