मूल्य घटेको विरोधमा किसानले सडकमा दूध पोखे

2018-07-21

चितवन - दूधको मूल्य घटाएको भन्दै किसानले सडकमा दूध पोखेर विरोध जनाएका छन्। राप्ती नगरपालिकाका किसानले दूधको मुल्य घटाएको भन्दै पूर्वपश्चिम राजमार्गको भण्डारामा दूध पोखेर विरोध गरेका हुन्। नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले असार १५ गतेबाट दूधको मूल्यमा एक लिटरमा तीन रुपैयाँँ घटाएको छ।

जेठ १६ गतेबाट निजी डेरी उद्योगले समेत एक लिटरमा २ रुपैयाँ ३७ पैसा मूल्य घटाएका थिए। डिडिसीले दूधको मूल्य घटाएपछि फेरि निजी डेरी उद्योगले साउन १ गतेदेखि मूल्य घटाएका थिए। किसानले दुःख गरेर उत्पादन गरेको दूधको मूल्य लागत जति पनि नपर्ने किसान सुधीर गौतम बताउँछन्। किसालने पाइरहेको मूल्य घटाउँदा दाना, चोकर, औषधिलगायत पशुपालनका लागि आवश्यक सामग्रीको मूल्य नघटेको उनले बताए।

सामान्यता किसानले एक लिटर दूध उत्पादक गर्दा करिब ५५ रुपैयाँ प्रतिलिटर लागत पर्छ। अहिले लागतको तुलना ज्यादै कम मूल्यमात्र किसानले पाइरहेको परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष रामेश्वर सिंह बताउँछन्। किसानले १ लिटर दूध ४५ रुपैयाँमा बिक्री गर्नुपर्ने अवस्था आएको उनले बताए। चितवनमा दैनिक करिब ४ लाख ७० हजार लिटर दूध उत्पादन हुन्छ। राप्ती नगरस्तरीय दुग्ध उत्पादक सहकारी संस्था समन्वय समितिका संयोजक डिल्लीप्रसाद थपलियाले दूधको मूल्य घटाएर मिल्ड होलिडे गर्न लागिएको बताए।

 


नागरिक




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ