सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको चेतावनी

2018-07-21

काठमाडौं - प्रधानमन्त्री केपी ओली नेतृत्वलाई दिएको समर्थन फिर्ता हुन सक्ने चुनौती मधेसी नेताहरूले दिएका छन्। संविधान संशोधन गर्ने आफूहरूको मागप्रति प्रधानमन्त्रीको हचुवापूर्ण अभिव्यक्ति आएकोमा मधेसी नेताहरूले असन्तुष्टि जनाएका हुन्। बिहीबार राति मधेसी नेताहरूसँग भएको छलफलमा प्रधानमन्त्रीले आफू माइतीघर मण्डलको आन्दोलनको दबाबमा रहेकाले संविधान संशोधनबारे पछि छलफल गरौंला भनेकोमा मधेसी नेता क्रुद्ध भएका हुन्।

प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्ट मधेसी नेताहरूले प्रधानमन्त्री अहिलेकै शैलीले अगाडि बढे आफूहरूले दिएको समर्थन फिर्ता गर्न सकिने चुनौती दिएका छन्। ‘प्रधानमन्त्रीले राजपाको माग स्वीकार गर्दा र नगर्दा के हुन्छ भन्ने बुझ्नुपर्छ’, अन्नपूर्णसँग कुरा गर्दै राजपाका सहअध्यक्ष वृषेशचन्द्र लालले भने। संविधान संशोधन, रेशम चौधरीको रिहाइलगायत विषय पार्टीको बटमलाइन रहेको उनले बताए। सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निष्कर्षमा पुगि नसके पनि छलफल भने सुरु भएको उनले जनाए।

राजपाका महामन्त्री मनीषकुमार सुमनले भने प्रधानमन्त्रीको मधेसी दलप्रतिको व्यवहार फागुन ३ गतेदेखि हेर्दै आएको बताए। प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष जस्तो व्यक्तित्वले राजनीतिक दलसँग गरेको प्रतिबद्धता कार्यान्वयनको तहमा हुनुपर्ने उनको भनाइ छ।

प्रधानमन्त्री विषयभन्दा बाहिर जाने, अरूलाई होच्याउने र व्यंग्य गर्नमै व्यस्त रहेकोमा आफूहरू दुःखी रहेको अध्यक्ष मण्डलका एक नेताले बताए। प्रधानमन्त्री ओलीको शैलीबाट अक्रोशित राजपाका नेताले सरकारबाट तत्कालै समर्थन फिर्ता लिनुपर्ने अडान राखेका हुन््।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ