बैंकिङ क्षेत्रमा ठुलो संख्यामा रोजगारी खुल्दै

2018-07-20

काठमाडौँ - वित्तीय क्षेत्रमा ठूलो संख्यामा रोजगारीको अवसर आउँदैछ । बैंक तथा वित्तीय संस्थाहरु शाखा विस्तार गरिरहेकाले हजारौंलाई रोजागारीको मौका मौका आइरहेको हो । बैंक तथा वित्तीय संस्थाहरु आफैँ गाउँगाउँमा पुग्ने भएकाले स्थानीय स्तरमै रोजगारी सिर्जना हुनेछ ।

वाणिज्य बैंकहरु ७५३ वटै स्थानीय तहमा शाखा पुर्याउने कार्यमा जुटेका छन् । २७ वटा बैंक मिलेर धमाधम आफ्ना शाखाहरु विस्तार गरिरहेका छन् । ती शाखाहरुका लागि बैंकले स्थानीय तहबाट कर्मचारी छनौट गर्नेछन् । २०७५ असार २४ गतेसम्मको तथ्यांकअनुसार संघीय व्यवस्था अन्तर्गत गठित ७५३ स्थानीय तहहरुमध्ये ५५६ तहमा वाणिज्य बैंकहरुको उपस्थिति पुगेको छ । बाँकी १९७ वटा स्थानीय तहमा पनि छिटै वाणिज्य बैंकहरुले शाखा विस्तार गर्नेछन् ।

यसबाहेक, विकास बैंकहरुले पनि शाखा विस्तारलाई प्राथमिकतामा राखेर आफ्नो योजनाहरु बनाइरहेका छन् । राष्ट्रिय स्तरका विकास बैंकहरु पूर्वदेखि पश्चिम र हिमालदेखि तराईसम्म फैलिँदै छन् । लघुवित्तको त संख्या नै थपिँदैछ । अहिले ६३ वटा लघुवित्त संस्थाहरु संचालन रहेका छन् ।

संचालन अनुमतिका लागि नयाँ आवेदन लिन बन्द गरेपनि राष्ट्र बैंकले पहिले नै आइसकेको आवेदनलाई अनुमति दिइरहेको छ । यसआधारमा बढ्दै जाने माइक्रोफाइनान्सहरुलाई पनि कर्मचारीको आवश्यकता पर्ने हुन्छ ।

यसरी, अबका दिनहरुमा बैंकिङ क्षेत्रमा ठूलो संख्यामा रोजगारी अवसर सिर्जना हुने भएकाले व्यवस्थापन संकायमा अध्ययन सकेर बसेका व्यक्तिहरुले तयारी गर्नु राम्रो हुन्छ । बैंकिङ नीति तथा नियमहरु, बैंकमा प्रयोग हुने गरेका प्रविधिहरु लगायतका कुराहरुको अध्ययन गर्दै गरे यो पटक तपाईँले खाडी मुलुक जानेबारे सोच्नु पर्दैन ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ