सरकारविरुद्ध मोर्चा बनाउंदै कांग्रेस

2018-07-20

काठमाडौँ - प्रमुख प्रतिपक्षी कांग्रेसले प्रा.डा. गोविन्द केसीको मागसहितका विषयमा सरकारविरुद्ध मोर्चाबन्दीको प्रयास थालेको छ । सभापति शेरबहादुर देउवाले बिहीबार नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र राजपाका नेताहरूसँग छलफल गरेको कांग्रेस मुख्य सचेतक बालकृष्ण खाणले बताए ।

सरकारले ल्याएको विधेयकमा चिकित्सा शिक्षा अध्यादेशको आसय नै तोडमोड गरेको र अध्यादेशका बुँदा हुबहु अघि बढाउने विषयमा दुवै पार्टीका नेतासँग देउवाले साथ मागेका छन् ।

दुर्गमका कमजोर आय भएका पनि डाक्टर र स्वास्थ्यकर्मी बन्न सकून्, मेडिकल क्षेत्र सुधार होस् भन्ने केसीको मागलाई सम्बोधन गर्नु र उनको जीवन रक्षा गर्नु आफूहरूको दायित्व भएको भन्दै देउवाले डा. भट्टराईसँग साथ मागेका थिए ।

यस विषयमा प्रधानमन्त्रीलाई भेटेरै र टेलिफोन गरी गम्भीर बन्न आग्रह गरे पनि सकारात्मक जवाफ नआएको पनि बताएका थिए । चिकित्सा शिक्षालाई जोगाउन संसद् अवरोध गर्नु आफूहरूको बाध्यता भएको भन्दै देउवाले साथ दिन भट्टराईलाई आग्रह गरेको खाणले बताए ।

जवाफमा भट्टराईले आफू प्रधानमन्त्री हुँदा पनि केसी अनशन बसेको र उनका माग पूरा गराउने प्रतिबद्धता पूरा गराउने सर्तमा अनशन स्थगित भएको बताएका थिए । उनको माग जायज भएको भन्दै माग पूरा गर्ने र उनको जीवन रक्षाका लागि आफू लाग्ने प्रस्ट्याएको खाणले जानकारी दिए ।

राजापा नेताको पनि आश्वासन
सभापति देउवाले बिहीबार नै केसीको माग पूरा गराउने सन्दर्भमा राजपा नेताहरूसँग पनि सहयोग मागेका छन् । अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर, नेताहरू शरत्सिंह भण्डारी, अनिल झा, राजकिशोर यादव, महेन्द्र राय यादवसहितका नेतासँग देउवाले छलफल गरेका हुन् । केसीका जायज माग र जीवन रक्षाका लागि आफूहरू पनि लाग्ने उनीहरूले बताएको खाणले जानकारी दिए ।

यसका लागि प्रधानमन्त्री केपी ओलीलाई दबाब दिन तयार रहेको उनीहरूको भनाइ थियो । आफूहरूले वर्तमान सरकारलाई समर्थन गरे पनि केसीको मागका विषयमा सरकारले गर्ने निर्णयपछि आपूmहरू एउटा निर्णयमा पुग्ने राजपा नेताहरूले बताएका थिए ।

माइतीघर मण्डला र जुम्लामा सरकारबाट ज्यादती : कांग्रेस
कांग्रेस सभापति देउवाले डा. केसीलाई जुम्लाबाट काठमाडौं ल्याउने क्रममा सरकारबाट ज्यादती भएको बताएका छन् । संसद् बैठक स्थगित भएपछि बाहिरिँदै गरेका देउवाले जुम्ला र माइतीघर मण्डला घटनामा सरकारले ज्यादती गरेको बताएका हुन् ।

डा. केसीले उठाएका सबै माग र उनको स्वास्थ्योपचारमा सरकारले ध्यान दिनुपर्ने भन्दै उनले यसअघिको सरकारले संसद्मा पेस गरेको चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक संसद्मा ल्याउन माग गरे ।

कांग्रेसले जुम्लामा भएको घटना तथा संसद् आठ दिन पर सारिएको विषयलाई गम्भीर घटना भएको जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै डा. गोविन्द केसीको अनशनप्रति सरकार संवेदनशील नबनेको आरोप लगाएका छन् । ‘चिकित्सा शिक्षा सुधारका लागि कांग्रेसको सरकारले जारी गरेको अध्यादेशभन्दा विपरीत विधेयक ल्याउनेतर्फ सरकार लाग्नु र क्रमशः अधिनायकवादउन्मुख शैली विकसित हुँदै गएका कारण स्थिति जटिल बन्दै गएको हाम्रो निष्कर्ष छ,’ शर्माद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘डा. केसीको जीवन रक्षा गर्नु हामी सबैको दायित्व हो, तर उपचारका लागि काठमाडौं ल्याउने क्रममा जुम्लाको अस्पतालमै प्रहरी प्रवेश गरेर लाठीचार्ज गर्ने, अश्रुग्यास प्रहार गर्ने, अस्पतालको लाखौँको सम्पत्तिमा क्षति पु¥याउनेजस्ता सरकारको दमनकारी कार्यको नेपाली कांग्रेस भत्र्सना गर्दछ ।’

राजपा नेताले प्रधानमन्त्रीलाई भेटेर भने–संविधान संशोधन गरौँ
राजपा अध्यक्षमण्डलका नेताहरूले बिहीबार साँझ प्रधानमन्त्री केपी ओलीलाई भेटेर संविधान संशोधन तथा रेशम चौधरीलाई शपथ खुवाउन आग्रह गरेका छन् । प्रधानमन्त्री ओली र राजपाका नेताहरूबीच संविधान संशोधनलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालले जानकारी दिए ।

महाधिवेशनको तयारीमा रहेको राजपाको राजनीतिक समिति तथा अध्यक्षमण्डलको बैठकमा समेत संविधान संशोधनबारे सरकारले के सोचिरहेछ भन्ने प्रश्न उठेपछि अध्यक्षमण्डल प्रधानमन्त्रीसँग भेट गर्न गएको हो । बैठकमा सहभागी राजपाका एक नेताका अनुसार कैलाली ३ बाट निर्वाचित रेशम चौधरीलाई जेलबाट छुटाउने तथा शपथग्रहण गराउन पनि आग्रह गरिएको छ । त्यसैगरी, प्रदेशमातहत रहने कार्यालयको विषयमा भद्रगोल भएको विषय पनि उठाएको छ ।

गोविन्द केसीका जायज माग सम्बोधन गरी लोकतान्त्रिक प्रक्रियाबाट उठाइएका माग सम्बोधन गर्न आवश्यक भएको भनाइ पनि राजपाले राखेको छ । साथै, तराईका बाढी तथा डुबानपीडितलाई राहतका लागि पुनर्निर्माण प्राधिकरण गठन गर्ने कुरामा पनि जोड दिएको छ । भेटमा प्रधानमन्त्री ओलीले सकरात्मक जवाफ दिएको नेताहरूले जानकारी दिए ।

 

 

नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ