लगालग दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय शृंखला खेल्दै नेपाली क्रिकेट टोली

2018-07-19

काठमाडौं - राष्ट्रिय क्रिकेट टोलीले करिब तीन साताको अवधिमा दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय शृंखला खेल्दै छ। नेपाली टोलीले यही २९ तारिख इङ्ल्यान्डको लर्ड्स मैदानमा मेरिलेवन क्रिकेट क्लब (एमसीसी) र नेदरल्यान्ड्स सहभागी हुने त्रिकोणात्मक टीट्वेन्टी शृंखला खेल्नेछ। त्यसपछि अगस्टको १ र ३ तारिखमा नेदरल्यान्ड्सविरुद्ध उसकै मैदानमा आफ्नो पहिलो एकदिवसीय शृंखला खेल्दै छ।

सोही दुई महत्वपूर्ण खेलका लागि बिहीबार त्यसतर्फ प्रस्थान गर्ने तयारीमा रहेको नेपाली टोलीले दुवै प्रतियोगितामा राम्रो नतिजा निकाल्ने योजना बनाएको छ। टोलीका खेलाडी तथा प्रशिक्षक आफ्नो योजनामा विश्वस्त पनि देखिएका छन्। टोलीका कप्तान पारस खड्काले आफ्ना लागि लर्ड्स र नेदरल्यान्ड्सको दुवै शृंखला उत्तिकै महत्वपूर्ण भएको बताए। उनले यी दुवै प्रतियोगितामा राम्रो नतिजा निकाल्ने योजना रहेको पनि बताए।

अन्तर्राष्ट्रिय क्रिकेटबाट शक्ति गौचनको सन्यास
नयाँलाई ठाउँ दिँदै शक्तिको सन्न्यास
‘नेपाललाई ऐतिहासिक एकदिवसीय टोलीको मान्यता दिलाउने विश्वकप छनोट प्रतियोगिता खेलेको झन्डै चार महिनापछि फेरि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मैदानमा उत्रँदै छौं’, पारसले भने, ‘यी दुवै शृंखला हाम्रा लागि महत्वपूर्ण छन्। लर्ड्समा खेल्नु जो कसैका लागि सपनाको कुरा हो। त्यसमा जित हात पार्नु अझ प्रतिष्ठाको विषय हुनेछ। त्यसमाथि यस पटक लर्ड्समा नेदरल्यान्ड्स पनि सहभागी हुँदैछ। त्यसैले लर्ड्सको खेल हाम्रा अझ विशेष बनेको छ। नेदरल्यान्डमा हामी आफ्नो पहिलो एकदिवसीय शृंखला खेल्दै छौं। यो ऐतिहासिक खेलमा राम्रो नतिजा निकाल्न चाहन्छौं।’
पारसले लर्ड्सको खेलले नेदरल्यान्ड्सविरुद्धको खेलका लागि अभ्यासको काम गर्ने पनि बताए। ‘लर्ड्समा नेदरल्यान्ड्ससँग अन्तर्राष्ट्रिय टीट्वेन्टी स्तरको खेल खेल्ने छौं। यो साँच्चिकै प्रतिस्पर्धात्मक खेल हुनेछ’, पारसले भने, ‘यही खेलले नेदरल्यान्ड्सको प्रतियोगिताका लागि तयारी गर्न पनि मद्दत पुग्ने विश्वास लिएका छौं।’

यसैगरी टोलीका प्रशिक्षक जगत टमाटाले पनि यी दुवै खेल आफ्ना लागि महत्वपूर्ण रहेकाले राम्रो नतिजाकै योजना बनाएको बताए। ‘हाम्रा लागि यी दुवै खेल महत्वपूर्ण छन्। त्यसैले हामी दुवै शृंखलामा राम्रो नतिजा निकाल्ने प्रयास गर्ने छौं’, प्रशिक्षक टमाटाले भने, ‘त्यसका लागि खेलाडी तयार छन् र फिट पनि छन्। यसका लागि खेलाडी उत्साही पनि छन्। त्यसैले म हाम्रो योजनाप्रति विश्वस्त छु।’ टमाटाले लन्डनमा केही अभ्यास खेलसमेत खेलिने बताए।

नेपाली टोली एमसीसीको निमन्त्रणामा लर्ड्समा जान लागेको हो। नेदरल्यान्ड्ससँग भने आईसीसीसँगको समन्वयमा एकदिवसीय शृंखला तय गरिएको हो। नेपाल र नेदरल्यान्ड्स दुवै टोलीले यसै वर्ष एक दिवसीय टोलीको मान्यता पाएका हुन्। नेपालले गत मार्चमा जिम्बावेमा भएको एकदिवसीय विश्वकपको छनोट प्रतियोगितामार्फत एकदिवसीय टोलीको मान्यता पक्का गर्दा नेदरल्यान्ड्सले भने त्यसको केही महिनाअघि मात्रै विश्व क्रिकेट लिग च्याम्पियनसिप जित्दै एक दिवसीय टोलीको मान्यता प्राप्त गरेको थियो। त्यसयता यी दुवै टोलीले आफ्नो पहिलो एकदिवसीय शृंखला खेल्न लागेका हुन्।

यसैबीच, राष्ट्रिय क्रिकेट टोलीले मोनालिसा एक्सक्लुसिभ टेक्सटाइलसँग सर्टिङ सुटिङ पार्टनरसिप गरेको छ। टोलीले तत्काललाई आफ्नो लर्ड्स र नेदरल्यान्ड्स भ्रमणका लागि यो साझेदारी गरेको जनाएको छ। क्रिकेट खेलाडी संघ (सिपान) को सहयोगमा यो सहकार्य गरेको राष्ट्रिय टोलीले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा भएपछि औपचारिक रूपमा सम्झौता गरिने जनाएको छ।

 


अन्नपुर्ण




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ