पुटिनको समर्थन गरेपछि अमेरिकामा ट्रम्पको आलोचना

2018-07-17

काठमाडौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपमा रुसको बचाउ गरेका छन्। आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको भेटवार्तापछि ट्रम्पले अमेरिकी गुप्तचर निकायहरूको निष्कर्ष विपरीत अभिव्यक्ति दिएका हुन्।

उनले अमेरिकी चुनावमा रुसले साठगाँठ गर्नुपर्ने कुनै कारण नभएको बताए। पुटिनले पनि आफ्नो मुलुकले अमेरिकी मामिलामा कहिल्यै हस्तक्षेप नगरेको दोहोर्‍याए। दुई नेताले फिनल्याण्डको राजधानी हेलसिन्कीमा सोमवार करिब दुईघण्टा भेटवार्ता गरेका थिए। भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पलाई अमेरिकी चुनावमा रुसले हस्तक्षेप गरेका आरोपहरू लगाइँदा उनी आफ्ना गुप्तचर निकायका कुरा पत्याउँछन् अथवा रुसी राष्ट्रपतिका कुरा भन्ने प्रश्न सोधिएको थियो।

जवाफमा ट्रम्पले भने,‘राष्ट्रपति पुटिन भन्नुहुन्छ रुसले केही गरेको छैन। रुसले त्यस्तो गर्नुपर्ने कुनै कारण म पनि देख्दिनँ। सन् २०१६ मा अमेरिकी गुप्तचर निकायहरूले हिलरी क्लिन्टनलाई पछि पार्न राज्यद्वारा प्रायोजित साइबर आक्रमण र सामाजिक सञ्जालमा झूटा समाचारहरू राख्ने काममा रुसको संलग्नता रहेको निष्कर्ष निकालेका थिए।

हेलसिन्कीमा ट्रम्पले दिएको अभिव्यक्तिप्रति कडा टिप्पणी गर्दै हाउस अफ रिप्रेजेन्टेटिभका सभामुख पल रायनले भनेका छन्, ूट्रम्पले यो कुराको प्रशंसा गर्नुपर्छ कि रुस अमेरिकाको साझेदार होइन।अमेरिकासँग रुसको कुनै बराबरी नै हुनसक्दैन जो हाम्रा अधिकांश आधारभूत मान्यता र आदर्शप्रति आक्रामक रहन्छ।

रिपब्लिकन सिनेटर जन म्याकेनले अमेरिकी राष्ट्रपतिहरूको कार्यकालको पछिल्लो इतिहासमा यो सबैभन्दा नराम्रो समय भएको टिप्पणी गरेका छन्। पुटिनले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावलाई आफ्नो देशले प्रभावित पारेको भन्ने केही मानिसहरूको सोचाइ ुपूर्णतः हास्यास्पदु भएको बताएका छन्।

अमेरिकाको फक्स न्यूज च्यानलसँगको एउटा अन्तर्वार्तामा पुटिनले ट्रम्प चुनावमा उठेका बेला उनलाई पछ्याउन सक्ने स्रोत(साधन आफ्नो मुलुकसँग नभएको तर्क गरे। उनले अमेरिकी राष्ट्रपति अथवा उनको परिवारसँग कुनै प्रकारको सहकार्य पनि नभएको बताए। पुटिनले अमेरिका(रुस सम्बन्धलाई अमेरिकाको आन्तरिक राजनीतिक संघर्षको बन्धक बनाउन नहुने टिप्पणी गरे। हेलसिन्कीमा भएको भेटवार्तालाई ट्रम्प र पुटिन दुवैले सफल भनेका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ