पोर्चुगलमा तात्यो नेपाली जनसम्पर्क समितिको माहोल !

2018-07-14

बिक्रम कुँवर, लिस्बन - नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधी सहित आधा दर्जन बढी कांग्रेस नेताहरुले पोर्चुगलका कांग्रेस कार्यकर्तालाई सम्बोधन गर्न जाने भएका छन् । नेपाली जनसम्पर्क समिति पोर्चुगलको यही जुलाई २२ मा हुने पाँचौं अधिबेशनलाई सम्बोधन गर्न उपसभापति निधी सहितका कांग्रेस नेताहरु पोर्चुगल जाने भएका हुन् ।

अधिबेशनलाई सम्बोधन गर्नका लागि पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगन कुमार थापा, केन्द्रीय सदस्य एवं युवा नेता प्रदिप पौडेल, अर्का केन्द्रीय सदस्य गोबिन्द भट्टराई, आमन्त्रित केन्द्रीय सदस्यहरु किरणराज पौडेल, बालकृष्ण पाण्डे, आनन्द बिष्ट, जनजाति नेता नागेन्द्र कुमार कुमाल, नवराज गुरुङ, खिलानाथ दाहाल लगायतका केन्द्रीय नेताहरु पोर्चुगल आउने कार्यक्रम तय भएको समितिका सभापति लक्ष्मी प्रसाद सापकोटाले जानकारी दिए ।

राजधानी लिस्बनको आन्जोस स्थित जिनासियो हलमा हुने अधिबेशनको तयारी अन्तिम चरणमा पूगेको सापकोटाले बताए । अधिबेशनले आगामाी २ बर्षे कार्यकालका लागि २१ सदस्यीय नयां कार्यसमिति चयन गर्नेछ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ