विश्वकपमा तेश्रो स्थानको लागि आज बेल्जियम र इंग्ल्याण्ड भिड्दै

2018-07-14

काठमाडौं - रुसमा जारी विश्वकप फुटल अन्तर्गत आज तेस्रो स्थानका लागि बेल्जियम र इंग्ल्याण्ड खेल्ने भएका छन् । यी दुवै टिमको लक्ष्य हुने छ विश्वकपको तेस्रो हुँदै सुखत अन्त्य गर्ने । समूह जी मा रहेका दुवै टोलीले समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा प्रतिष्पर्धा गरेका थिए, जसमा बेल्जियम १-० ले विजयी भएको थियो।

२८ वर्षपछि विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको इंग्ल्याण्डको ५२ वर्षपछि फाइनल यात्रा तय गर्ने सपना क्रोएसियाले चकनाचुर पारेको थियो। क्रोएसिया विरुद्धको दोश्रो सेमिफाइनल खेलमा इंग्ल्याण्डले खेलमा अग्रता बनाएपनि क्रोएसियाको उत्कृष्ट पुनरागमनमा इंग्ल्याण्ड २-१ को नमिठो हार व्यहोर्न बाध्य भएको थियो।

यता सन् १९८६ मा पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको बेल्जियमको पहिलो पटक फाइनल पुग्ने सपना फ्रान्ससँगको पराजयसँगै सकिएपछि बेल्जियम पनि विश्वकप फुटबल प्रतियोगिताको इतिहासमै पहिलो पटक तेश्रो स्थान हासिल गर्ने दाउमा हुनेछ। सन् १९८६ मा अर्जेन्टिनासँग भएको सेमिफाइनल खेलमा २-० ले नतिजा सुम्पेको बेल्जियम तेश्रो स्थानकालागि भएको खेलमा फ्रान्ससँग ४-२ ले पराजित हुँदै चौथौ स्थानमा चित्त बुझाउन बाध्य भएको थियो।

रुस विश्वकपमा फाइनलमा स्थान बनाउन नसकेपनि बेल्जियमकालागि इतिहास कोर्ने अर्को ठूलो अवसर रहेको छ। शनिवारको खेलमा इंग्ल्याण्डको युवा टोली विरुद्ध खेल्दा बेल्जियम समूह चरण अन्तर्गतकै नतिजा पुनः दोहो¥याउदै पहिलो पटक तेश्रो स्थानको स्वाद चाख्न चाहन्छ। यसअघि सेमिफाइनल अन्तर्गतको खेल पहेंलो कार्डका कारण गुमाएका बेल्जियमका थोमस म्युनियर शनिबारको खेलमा भने उपस्थित रहने छन्।

फुटबल इतिहासमा यी दुई टोलीबीचको खेल हेर्ने हो भने इंग्ल्याण्ड बेल्जियम विरुद्ध हावी हुँदै आएको छ। जारी विश्वकपको समूह चरणमा इंग्ल्याण्ड विरुद्ध बेल्जियमले निकालेको जित ८२ वर्षपछिको पहिलो जित थियो।

बेल्जियमले यसअघि सन् १९३६ मा भएको मैत्रिपूर्ण खेलमा इंग्ल्याण्डलाई ३-२ ले पराजित गरेको थियो। शनिवार हुने यी दुई टोलीबीचको खेल रुसको सेन्ट पिटर्सवर्ग रङ्गशालामा नेपाली समय अनुसार पौने ८ बजे हुनेछ। प्रतियोगिताको उपाधिका लागि भने फ्रान्स र क्रोएसियाबीच आइतबार नेपाली समयअनुसार पौने ९ बजे मस्कोस्थित लुज्निकी रङ्गशालामा खेल हुनेछ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ