चुनावको मुखमा जेल गए नवाज शरीफ, देखियो यस्तो अचम्मको माहोल !

2018-07-14

इस्लामावाद - भ्रष्टाचारको मामिलामा सजाय पाएपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ लण्डनबाट फर्केर जेल गएका छन् । शुक्रबार साँझ जहाजबाट लाहोर उत्रेपछि उनलार्इ त्यहाँको सुरक्षा एजेन्सीले छोरीसहित सीधै जेल पठाएको हो । लाहोरमा छोरी मरियमसहित गिरफ्तारी दिएपछि उनी जेल गएका हुन् ।

पूर्व प्रधानमन्त्री जेल गएपछि त्यसको फाइदा उनको पार्टीलार्इ आम चुनावमा मिल्ने अनुमान गरिएको छ । अदालतको तर्फबाट सजाय तोकिएदेखि नै नवाजले लगातार 'सहानुभूति कार्ड' खेलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नवाज शरीफलार्इ भ्रष्टाचारको मामिलामा जुन समयमा सजाय तोकिएको छ त्यो समय पाकिस्तानमा चुनावी माहौल तातेको छ । २५ जुलाईमा देशमा आम चुनाव हुँदैछ । चुनाव भन्दा तीन साता पहिलेसम्म नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग एनको स्थिति राम्रो नभएको बताएको थियो ।

खुसी मनाउँदै कार्यकर्ता

क्रिकेटरबाट नेता बनेका इमरान खानको पार्टी पीटीआईले अन्य पार्टी भन्दा धेरै राम्रो गरिरहेको देखिएको छ। नवाजको गिरफ्तारीपछि पीएमएल एनमा फेरि उत्साह देखिएको छ।

रोचक त के छ भने लाहौर जहाँ नवाजको गिरफ्तारीछि पार्टीका कार्यकर्ता उनी जेल गएकोमा दुखी हुनुको साटो स्वदेश फर्केकोमा खुसी मनाइरहेका भेटिए। नवाज देश फर्किएपछि कार्यकर्तामा जोशको नया सञ्चार पैदा भएको छ र यही उत्साह अब चुनावसम्म रहिरहन सक्छ ।

नवाजको 'शहादत' मा भोट

पीएमएल एनका लागि यो यस्तो गजब मौका हात लागेको छ जसमार्फत उसले आफ्ना कार्यकर्तालार्इ मतदान भन्दा करिब २ हप्ता पहिले फेरि सक्रिय बनाइदिएको छ। अब मतदातासम्म पुगेर नवाज को 'शहादत' मा भोट माग्न सक्ने बनाइदिएको छ । यस्तो भएमा एकपछि अर्को संकटसँग जुधिरहेका शरीफ परिवारका लागि फेरि राम्रो दिनको सुरूवात हुन सक्छ ।

'सहानुभूति कार्ड' खेल्दै नवाज

गत हप्ता पाकिस्तानको एक अदालतको तर्फबाट सजाय घोषणा गरिएको तुरून्तै नवाजले लण्डनमा आफ्नी छोरी मरियमसहित पीडित भएको जनाउँदै आफू चोर नभएकाले केही दिनमै पाकिस्तान फर्किने बताएका थिए । 'जेलबाट पनि मेरो संघर्ष जारी रहन्छ । यो मेरो संघर्षको एक हिस्सा हो ।'

त्यो बेला पनि उनले 'सहानुभूति कार्ड' खेल्दै भनेका थिए, 'म बाचा गर्छु, मेरो संघर्ष तबसम्म जारी रहनेछ जबसम्म देशका मानिसहरू केही सेनाका जनरल र न्यायाधीशको तर्फबाट थोपरिएको दासताबाट मुक्त हुँदैनन् ।' उनले त्यो बेला यो नाजुक अवस्थामा आफूलार्इ एक्लै छाडिदिन अपिल गरेका थिए । त्यसपछि उनले चाँडै देश फर्किने कुरा पनि गरेका थिए।

यसको केही दिनमा नवाजले आफ्नी छोरीसँगै स्वदेश फर्किने घोषणा गरेका थिए । उनले देश फर्किने बताए लगत्तै पाकिस्तान सरकारले गिरफ्तारीको तयारी गरेको थियो । तर नवाज लेकिन नवाज आफ्नो गिरफ्तारीलार्इ त्यसै खेर जान दिने पक्षमा थिएनन् ।

आमाले पनि खेलिन् 'सहानुभूति कार्ड'

गिरफ्तार हुनु पहिले उनले हरेक हथकण्डा अपनाएका छन् । आफ्नी छोरीसँगै उनी पत्रकारसामू आए । उनले आफ्नी बिरामी पत्नी कुलसुम शरीफबारे पनि बोले । उनले पाक जनतालार्इ एक पीडितका रूपमा साबित गर्ने पनि कोशिश गरे । यसलार्इ उनको सुझबुझसहितको रणनीति भनिएको छ । लण्डनको अस्पतालमा भर्ती कुलसुम क्यान्सरसँग जुधिरहेकी छन् र उनको अवस्था पनि धेरै गम्भीर छ ।

अर्कातर्फ पाकिस्तानमा रहेकी नवाजकी आमा शमीम अख्तरले बिहीबार भिडियो सन्देश सार्वजनिक गर्दै छोरा नवाज र नातिनी मरियमलार्इ एक्लै नछाड्ने बताइन् । यदि नवाज जेल गए भने आफू पनि जेल जाने प्रतिक्रिया उनले दिइन् । उनले दुवैजना निर्दोष रहेको बताउँदै षड्यन्त्रको शिकार बनाइएको जिकिर गरिन् ।

'मुसर्रफ जस्तो भगौडा होइन

त्यसपछि पाकिस्तानको यात्रामा निस्कनुअघि लण्डनमा नवाजले भने, 'म पर्वेज मुसर्रफ जस्तो होइन, जो लुकीलुकी अपराधी जस्तै विदेशमा बस्ने । मेरोविरूद्ध जसले षड्यन्त्र गरेका छन् उसले देशसँग पनि नराम्रो खेल खेलिरहेका छन् । सन् १९७१ मा पनि यस्तै खेल खेलेर देशलार्इ दुर्इ टुक्रा बनाइएको थियो ।'

उनको तर्क यस अर्थमा जायज मानिएको छ मुसर्रफ अहिले पनि भ्रष्टाचारको अभियोग लागेपछि देशबाट भागेर बाहिर बसिरहेका छन् । उनको छवि देशमा धेरै नराम्रो छ । मुसर्रफ मात्रै नभएर देशका अन्य ठुला नेता पनि देश भन्दा बाहिर लुकेर बसेका छन् । तर शरीफ जसरी उनीहरू देशमा फर्किने हिम्मत गरेका छैनन् ।

लण्डनस्थित एभेनफिल्ड हाउसमा चार फ्ल्याटको स्वामित्वसँग जोडिएको एभेनफिल्ड भ्रष्टाचार मामिलामा सय भन्दा धेरै पटक भएको सुनवाईमा स्वयम् नवाज करिब ९० पटक पेश भएर जाँचमा सघाए । त्यसपछि सजाय तोकिएको एक सातामै उनी देश पनि फर्किए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ