इंल्याण्डलाई हराउँदै क्रोएशिया पहिलोपटक विश्वकप फाइनलमा

2018-07-12

एजेन्सी - मस्कोमा सम्पन्न सेमिफाइनल अन्तर्गत थप गरिएको समय इङ्ग्ल्यान्डलाई हराएपछि क्रोएशिया पहिलोपटक विश्वकप फुटबलको फाइनलमा पुगेको छ। खेलको पाँचौ मिनेटमा गोल गरेको इङ्ग्ल्यान्डले १ घण्टा भन्दा लामो समयसम्म अग्रता लिएको थियो। त्यसपछि खेललाई बराबरीमा पुर्‍याएको क्रोएशियाले निर्धारित ९० मिनेटपछि थप गरिएको अतिरिक्त समयमा गोल गर्दै १ का विरुद्ध २ गोलले इङ्ग्ल्यान्डलाई हराएको हो। अब क्रोएशियाले आइतवार हुने फाइनलमा फ्रान्सको सामना गर्नेछ।

क्रोएशियाका प्रशंसकहरूले आफ्नो देश विश्वकपको फाइनलमा प्रवेश गरेसँगै ठूला सहरहरूका गल्ली र चोकहरूमा झण्डा फहराएर खुशीयाली मनाएका छन्। इङ्ग्ल्यान्डले अब तेस्रो वा चौथो स्थानका लागि शनिवार बेल्जियमसँग खेल्नेछ। इङ्ग्ल्यान्ड यो समेत गरी सेमिफाइनलमा पुगेर चौथोपटक हारेको हो।

पाँचौपटकसम्म विश्वकप खेलेको क्रोएशियाले भने पहिलोपटक आफूलाई विश्वकपको अन्तिम दुईमा पुर्याएको हो। यसअघि क्रोएशिया सन् १९९८ को विश्वकपको सेमिफाइनलमा फ्रान्ससँग नै पराजित भएको थियो। उक्त विश्वकपको उपाधि फ्रान्सले जितेको थियो र त्यसबेला नेदरलेण्डसलाई हराउँदै क्रोएशिया तेश्रो बनेको थियो।

२० वर्षपछि सन् १९९८ मा बेहोरेको हारको फ्रान्ससँग बदला लिने अवसर क्रोएशियाले पाएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ