१७ दिनदेखि गुफामा फसेका थप चार बालबालिकाको उद्धार, ५ जना अझै भित्रै

2018-07-10

काठमाडौ - थाईल्याण्डको गुफामा फसेका थप चार बालबालिकालाइै उद्धार गरिएको छ । गत जुन २३ देखि त्यहाँ अलपत्र परेका १२ बालक र तिनका फुटबल प्रशिक्षकलाई बाहिर ल्याउन एउटा चुनौतीपूर्ण र जटिल उद्धार अभियान आइतवार थालिएको थियो। आइतवार र सोमवार गरेर गोताखोरहरूले आठ जनाको उद्धार गरिसकेको थाई जलसेनाले पुष्टि गरेको छ। अब चार बालक र २५ वर्षीय प्रशिक्षक मात्र गुफाभित्र बाँकी छन्। चार जनाको उद्धार भएको पुष्टि गरिनुअघि एअर एम्बुलेन्सहरू गुफा भएको क्षेत्रबाट उडेका र एम्बुलेन्सहरू चियाङ राईस्थित अस्पतालमा आइपुगेका देखिएको थियो।

थप वर्षा भए गुफामा भेल पस्ने र पानीको सतह बढ्ने त्रासले गर्दा उद्धार अभियान पहिले सोचिएको समयभन्दा अगाडि नै थालिएको थियो।

आइतवार उद्धार गरिएका र अस्पताल भर्ना भएका बालकहरू राम्रो स्थितिमा रहेका बताइएको छ। तर उनीहरूको परिचय सार्वजनिक गरिएको छैन।

भित्र रहेका बालकहरूका परिवारबारे विचार गरेर उद्धार गरिएकाहरूको परिचय नखुलाइएको र उनीहरूको परिवारसँग पुनर्मिलन पनि भइनसकेको उद्धार अभियानका प्रमुखले बताएका छन्।

सोमवारको उद्धारकार्यमा अघिल्लो दिनको भन्दा बढी व्यक्तिहरू संलग्न भएका थिए। ती अनुभवी गोताखोरहरूले बालकहरूलाई गुफाका जलमग्न एवम् अँध्यारा भागहरूमा मार्गदर्शन गरेर बाहिर ल्याउने योजना गरिएको हो। बीबीसी




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ