विश्वकप सेमिफाइनलमा आज फ्रान्स र बेल्जियमको भिडन्त, यस्तो छ टिम !

2018-07-10

मस्को - रुसमा जारी विश्वकप फुटबल अन्तर्गत आजदेखि सेमिफाइनलका खेल हुँदै छन् । सेमिफाइनलको पहिलो खेल पूर्वविश्वकप विजेता फ्रान्स र बेल्जियम भिड्ने छन् । खेल नेपाली समय अनुसार राती पौने १२ बजे हुने छ ।

विश्वकमा यसअघि यी दुई टिमबीच दुई पटक भिडन्त भइसकेको छ । जसमा दुवै खेलमा फ्रान्स विजयी भएको थियो । अन्तर्राष्ट्रिय खेलको कुरा गर्दा अन्तिम पटक ३ वर्षपहिले दुवैं टिम भिडेका थिए । २०१५ मा भएको खेलमा बेल्जियमले फ्रान्सलाई ४-३ ले हराएको थियो ।

फ्रान्स २००६ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल रह्यो । बेल्जियम भने १९८६ पछि अन्तिम ४ मा स्थान बनाउन सफल भएको हो । बेल्जियम र फ्रान्स अहिलेसम्म अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा ७३ पटक एकआपसमा भिडेका छन् । जसमा बेल्जियम ३० र फ्रान्स २४ पटक विजयी भएका छन् । यी दुई टिमबीच तीन पटक विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताको फायनलमा भिडेका छन् । तीन वटै फाइनलमा फ्रान्सले बाजी मारेको छ ।

विश्वकमा बेल्जियमको उत्कृष्ट प्रदर्शनः जारी विश्वमा बेल्जियमले अहिलेसम्म पाँच खेल खेलेको छ । जसमा उसले सबै खेल जितेको छ । हालसम्मको विश्वकमा लगातार पाँच खेल जित्ने टिम बल्जियम बनेको हो ।

बेल्जियमबारे थप रोचक कुरा त केछ भने उसका नौं खेलाडीले विश्वकपमा गोल गरिसकेका छन् । बेल्जियम सबैभन्दा बढि गोल गर्ने टिमको शिर्ष स्थानमासमेत रहन सफल भएको छ । बेल्जियमले यो भन्दा पहिले १९५८, १९८२, १९८६, १९९८ र २००६ मा अन्तिम चारमा स्थान बनाएको थियो । आजको खेलमा सबैभन्दा बढि नजर बेल्जियमका गोलकिपर थिबौत केर्टिया र फ्रान्सका हुगो लेरिसमा रहने छ ।

एम्बाप्पे, पवर्ड र हर्नडेजमा नजरःफ्रान्स यहाँसम्म आइपुग्न उसका १९ वर्षीय फरवार्ड किलियन एम्बाप्पेको महत्वपूर्ण भूमिका रहेको छ । बेजामिन पर्वाड र लुकास हर्नाडेजकी खासै अनुभव नभएको जोडीले पनि जारी प्रतियोगितामा शानदार प्रदर्शन गरेको छ । २२ वर्षीय का यी दुवै खेलाडीको केवल १०-१० अन्तर्राष्ट्रिय खेलको अनुभव छ ।

फ्रान्सलाई बेल्जियम रोक्न चुनौतिः बेल्जियमका कोच रोबर्टो मार्टिनेजको कार्याकाल स्पेनविरुद्ध घरेलु मैदानमा २-० ले हारेर शुरुवात भएको थियो । तर त्यसपछि भने बेल्जियम लगातार २४ खेलमा विजयी भएको छ । यस अन्तरालमा उसले २३ खेलमा ७८ गोल गरेको छ ।

केवल एक खेलमा गोल गर्नबाट बेल्जियम चुकेको छ । फ्रान्सका पूर्व स्ट्राइकर थिएरे हेनरी बेल्जियमका सहायक कोच हुन् । बेल्जियमका डिफेन्डर थमस मैनुरलाई रोक्नु नै फ्रान्सका लागि ठूलो चुनौति हुने देखिन्छ । मैनुरले यसअघिका खेलमा राम्रो प्रर्दशन गरेका छन् ।

उनले ब्राजिलको खेलमा नेइमारलाई लडाएकाले मैनुअरले दुई वटा पहेँलो कार्ड पाएका छन् । यसकारण आजको खेलमा उनी खेल्न पाउँदैनन् । बेल्जियमका स्टार फरवार्ड एडन हेजार्डको राम्रो प्रदर्शन रहेको छ । उनलाई रोक्नु पनि फ्रान्सको मुख्य चुनौति हुन सक्छ ।

यो विश्वकमा मेल्जियमका रोमेलु लुकाकुकाे ४ गोल
फ्रान्सका एन्टोनी ग्रीजमेन र किलिएन एम्बाप्पेका ३-३ गोल

आज खेल्ने संम्भावित खेलाडी

फ्रान्सः हुगो लोरिस, लुकास हर्नान्डेज, स्यामुयल उम्टिटी, राफायल भारान, बेन्जामिन पभार्ड, एनगोलो कान्टे, पाउल पोग्वा, ब्लासी माटउटी, एन्टोनी ग्रिजम्यान, केलियन एमबाप्पे, ओलिभर जिरुड

बेल्जियमः थिबाउट कोउटिइस, जान भेर्टोघेन, भिसेन्ट कोम्पनी, थोमस भर्माइलेन, टोबी एन्डरवारेल्ड, यानिक कारास्को, एक्सेल विस्टेल, केभिन डे ब्रुइन, नासेस चाड्ली, इडिन हजार्ड रोमेलु लुकाकु । एजेन्सी




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ