सेमिफाइनलमा क्रोएसिया र इङ्ग्ल्याण्ड भिड्ने, रसियाको हारमा यस्तो आयो पुटिनको प्रतिक्रिया !

2018-07-08

मस्को - एउटा भावनात्मक क्वार्टरफाइनल खेलमा क्रोएसियासँग पेनाल्टीमा पराजित भएपछि आयोजक रुसको विश्वकप यात्रा समाप्त भएको छ। क्वार्टरफाइनलमा पराजित भए पनि विश्वकप फुटबल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै खेलाडीहरूको प्रशंसा भइरहेको छ।

राष्ट्रपति भ्लादिमिर पुटिनले उनीहरूलाई ‘राष्ट्रनायक’ भनेका छन्।

एउटा सेमिफाइनलमा अब क्रोएसियाले इङ्ग्ल्याण्डसँग र अर्कोमा फ्रान्सले बेल्जियमसँग खेल्नेछ।

विश्वकपमा सहभागी भइरहँदा रुस सहभागी टोलीमध्ये फुटबल वरीयताको पुछारमा थियो।

उनीहरूबाट खासै ठूलो अपेक्षा राखिएको पनि थिएन।

तर फुटबलका महाशक्ति राष्ट्रहरू जर्मनी, ब्राजिल र स्पेनभन्दा लामो अवधि रुस यस विश्वकपमा टिकेको थिए।

निर्णायक पेनाल्टीमा १ सय १५ मिनेटमा टाउकोमार्फत गोल गरेर खेललाई बराबरीमा ल्याएका मारिओ फर्नान्डेसले मौका गुमाएका थिए।

बार्सिलोना क्लबबाट खेल्ने क्रोएसियाका मध्यपङ्क्तिका खेलाडी इभान राकिटिकले गल्ती नगरी गोल गरेपछि रुसको प्रेरणादायी विश्वकप यात्रा समाप्त भएको थियो।

पेनाल्टीमार्फत गोल गर्ने बित्तिकै अन्तिम १६ को पेनाल्टी प्रहारमा क्रोएसियाले डेनमार्कलाई हराउँदाको जस्तै दृश्यहरू देखिएका थिए।

तर हारपछि पनि रुसी समर्थकहरूले ताली बजार आफ्नो टोलीप्रति सम्मान व्यक्त गरेका थिए।

अन्तिम सिटी बजेपछि त झन् उनीहरूले अझ ठूलो स्वरमा कराउँदै टोलीलाई सान्त्वना दिएका थिए।

ब्राजिलमा जन्मिएका फर्नान्डेसअघि नै रुसका अर्का खेलाडी फेडोर स्मोलोभले कमजोर किसिमको पेनाल्टी प्रहार गरेका थिए जसलाई क्रोएसियाका गोलरक्षकले सजिलै जोगाएका थिए।

रुसी गोलरक्षकले पनि क्रोएसियाली खेलाडीको एउटा प्रहार उत्कृष्ट ढङ्गले रोकेका थिए।

सन् १९७० को सोभियतकालीन समययता पहिलो पटक विश्वकपमा क्वार्टरफाइनलमा पुगको रुसले डेनिस चेरिसेभको यो विश्वकपकै सर्वाधिक राम्रोमध्येको गोलका मद्दतले क्रोएसियाविरूद्ध अग्रता लिएको थियो।

तर त्यसको ८ मिनेटपछि नै क्रोएसियाले खेललाई बराबरीमा ल्यायो।

९० मिनेटसम्म बराबरी भएपछि थप गरिएको समयमा फेरी क्रोएसियाले अग्रता लिएको थियो।

तर फर्नान्डेसले अन्तिम समयमा गोल गरेर बराबरी बनाएपछि खेल रुसको पोल्टामा गएको ठान्न थालिएको थियो।

तर अन्त्यमा पेनाल्टीमा क्रोएसिया नै विजयी भयो।

सन् १९९८ को विश्वकपमा पनि क्रोएसिया सेमिफाइनलसम्म पुगेको थियो र उपाधि विजेता फ्रान्ससँग पराजित भएको थियो। एजेन्सी




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ