आयोजक रूसलार्इ पेनाल्टीमा हराउँदै क्रोएसिया सेमिफाइनलमा

2018-07-08

मस्को - रुसमा जारी फिफा विश्वकप अन्तरगत शनिबार राति भएको क्वाटरफाइनलको खेलमा पेनाल्टी सुटआउटमा रुसलाई पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समय र अतिरिक्त समयमा पनि २–२ को बराबरी भएपछि आयोजक रुसलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै क्रोएसियाले बाजी मारेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता रुसले लिएको थियो । मिड फिल्डर डेनिस चेरिसेभले ३१ औं मिनेटमा गोल गरेको थिए । रुसको अग्रता भने ८ मिनेटभन्दा बढी टिक्न पाएन । ३९ औं मिनेटमा क्रोएसियाका लागि आन्द्रज क्रामारिकले बराबरी गोल गरे त्यसपछि ९० मिनेटसम्म पनि १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो ।

अतिरिक्त समयको १०० औं मिनेटमा क्रोएसियाका लागि डोमागोज भिडाले गोले गरी टोलीलाई अग्रता दिलाएका थिए ।

क्रोएसिया जितको नजिक पुगिसकेको अवस्थामा रुसका लागि मारियो फर्नान्डेजले गोल गरी पुनः खेल बराबरीमा पुर्‍याएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टीमा भाग्यमानी साबित हुँदै ४-३ ले क्रोयसियाले जित हात पार्‍यो । क्वाटरफाइनल प्रवेशका लागि रूस र क्रोयसिया दुवैलार्इ पेनाल्टीले ले साथ दिएको थियो । रूसले २०१० को विश्व विजेता स्पेनलार्इ घर फर्काएको थियो । क्रोएसिया पनि ट्राइब्रेकरमै डेनमार्कलार्इ हराउँदै अघि बढेको थियो ।

यस खेलसँग रूस विश्वकपको सेमिफाइनल चरण पूरा भएको छ । फाइलनका लागि मंगलबार बेल्जियम र फ्रान्स भिडन्तमा उत्रँदैछन् । बुधबार क्रोएसिया र इङ्ल्याण्ड भिड्नेछन् । एजेन्सी




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ