स्पेनलाई पेनाल्टी शुटआउटमा हराउँदै रसिया पहिलोपटक क्वार्टरफाइनलमा

2018-07-02

एजेन्सी - पूर्व विजेता स्पेनलाई पेनाल्टी शुटआउटमा हराउँदै आयोजक रुस इतिहासमै पहिलो पटक विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

रुसको केन्द्रीय रंगशाला लुज्निकीमा ८१ हजार घरेलु दर्शकसामू रुसले पेनाल्टी शुटआउटमा ४–३ गोलअन्तरले स्पेनलाई हराएको हो । नियमित र अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा स्पेनका कोके र इयागो आसपासको प्रहार रुसी गोलरक्षक इगर अकिनफिभले रोकेका थिए ।

स्पेनका लागि आन्द्रेस इनिएष्टा, सर्जियो रामोस र पिकेले गोल गरेका थिए भने रुसका लागि फ्योदोर स्मोलोभ, सेर्जेई इग्सानेभिच, अलेक्जान्दर गोलोभिन र डेनिस चेरिसेभले गोल गरेका थिए ।

यसअघि निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरी भएपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो । त्यस समयमा पनि दुवै तर्फबाट गोल हुन सकेन । जम्मा १ हजारभन्दा बढी पास खेलेको स्पेनले गोल भने गर्न सकेन ।

खेलको १२औं मिनेटमै उपहार गोलमार्फत स्पेनले अग्रता लिएको थियो । स्पेनको प्रहार जोगाउने क्रममा रुसका सेर्जेई इग्सानेभिचले दुर्भाग्यवस आफ्नै पोष्टमा गोल गरेका थिए ।

नियमित खेलाडीहरु आन्द्रेस इनिएष्टा र ड्यानियल कार्भाजलबिना मैदानमा उत्रिएको स्पेनले खेलमा अधिकांश समय बल पोजिसन नियन्त्रणमा राखेको थियो ।

खेल अवधिभर ७० प्रतिशत बल पोजिसन बनाएको स्पेनले ४१औं मिनेटमा पेनाल्टीमा गोल खान पुग्यो । जेरार्ड पिकेले डिबक्सभित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टी अवसरलाई अर्तेम ज्युवाले गोलमा परिणत गरे ।

६७औं मिनेटमा इनिएष्टा र ७०औं मिनेटमा कार्बाहाल मैदान प्रवेश गरेपछि स्पेनको खेल सुध्रिएको थियो । ८४औं मिनेटमा इनिएष्टाको सशक्त प्रहार रुसी गोलरक्षक इगर अकिनफिभले बचाएका थिए ।

रुस पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो । सन् १९९० मा सोभियत युनियन टुक्रिए यता रुसले चौथो विश्वकप खेलेकोमा पहिलो पटक नकआउट चरणमा पुगेको हो । सन् १९७० मा मेक्सिकोमा भएको विश्वकपमा तत्कालीन सोभियत संघ क्वार्टरफाइनलसम्म पुगेको थियो । क्वार्टरफाइनलमा उ उरुग्वेसँग १ ० ले पराजित भएको थियो ।

स्पेन विश्वकपमा योसहित तीन पटक पेनाल्टी शुटआउटमा पराजित भएको छ । यसअघि सन् १९८६ मा क्वार्टरफाइनलमा बेल्जियमसँग स्पेन ५-४ ले पराजित भएको थियो । त्यस्तै २००२ को विश्वकपको क्वार्टरफाइनलमा दक्षिण कोरियाले स्पेनलाई पेनाल्टी शुटआउटमा ५-३ ले हराएको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ