पोर्चुगल विश्कपबाट बाहिरियो, काभानीको उत्कृष्ट प्रदर्शनसंगै उरुग्वे क्वार्टरफाइनलमा

2018-07-01

काठमाडाैं - पोर्चुगललाई पराजित गर्दै उरुग्वे क्वार्टरफाइनल प्रवेस गरेको छ।

रुसको फिस्ट रङ्गशाला सोचीमा शनिबार सम्पन्न खेलमा उरुग्वेले पोर्चुगललाई दुई एक गोलले पराजित गरेको हो। उरुग्वेको जितमा एडिन्सन काभानी नायक रहे। काभानीले खेलको ७ औं र ६२ औं मिनेटमा गोल गरे।

पहिलो हाफको खेलमा काभानीको गोल मार्फत एक शुन्यको अग्रता बनाएको उरुग्वे दोश्रो हाफको ५५ औं मिनेटमा बराबरी गोल खान पुगेको थियो। पहिलो हाफमा लुइस स्वारेजको पासलाई सदुपयोग गर्दै हेडिङ् मार्फत काभानीले गोल गरेका थिए। दोश्रो हाफमा बराबरी गोल गर्ने क्रममा पोर्चुृगलका राफेल गुइरेरोको पासमा पेपेले डि बक्स एरियाको मध्य भागबाट हेडिङ मार्फत गोल गरेका थिए।

बराबरी गोल गर्दै खेलमा फर्केको पोर्चुृगल सातौं मिनेटपछि पुनः पछि पर्यो। उरुग्वेकालागि काभानीले व्यक्तिगत दोश्रो गोल गर्ने क्रममा रोड्रिगो बेन्टानकरको सहायता लिए। त्यसछिको खेलमा पोर्चुगलले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेपनि गोल गर्नबाट चुक्दा खेल उरुग्वेलाई दुई एकको नतिजामा सुम्पियो।

शनिबारको हारसँगै पोर्चुगल प्रतियोगिताबाट वाहिरिएको छ भने उरुग्वेले क्वार्टरफाइनलमा फ्रान्स प्रतिद्वन्द्वी पाएको छ।
शनिबारको जितसँगै उरुग्वेको प्रतियोगितामा अपराजित यात्रा कायमै रहेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ