समूह 'एफ' बाट स्वीडेन र मेक्सिको नकआउट चरणमा प्रवेश

2018-06-28

काठमाडौं - स्वीडेन र मेक्सिको विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । बुधबार भएको समूह एफको खेलमा मेक्सिकोलाई ३-० ले हराउँदै स्वीडेन समूह विजेता हुँदै नकआउट चरणमा प्रवेश गर्यो भने यसअघिका २ खेल जितेको मेक्सिको उपविजेता हुँदै अन्तिम १६ मा पुगेको हो ।

पहिलो हाफ बराबरीमा रोकिएको खेलमा स्वीडेनका लुडविग अगुस्टिन्सनले ५० औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ६२ औं मिनेटमा एन्ड्रेस ग्रानभिस्टले गोल गरे ।

त्यसपछि ७४ औं मिनेटमा मेक्सिकोका एडसन अल्भारेजले आत्मघाती गोल गरेपछि स्वीडेन ३- ० ले पराजित भयो । जर्मनी र दक्षिण कोरियालाई हराएको मेक्सिकोले स्वीडेनसँग भने पराजय ब्यहोरेर समूह उपविजेतामै चित्त बुझाउन बाध्य भयो ।

समूह चरणमा दुई/दुई खेल जितेका र मेक्सिकोले बराबर ६ अंक जोडेको छ । तर गोल अन्तरको आधारमा स्वीडेन समूह विजेता बनेको हो ।

बुधबार नै भएको समूह एफ अन्तर्गतकै जर्मनी र दक्षिण कोरियाको खेलमा जर्मनी पराजित भएपछि मेक्सिकोको अघिल्लो चरण प्रवेश सहज भएको हो । जर्मनीले दक्षिण कोरियालाई पराजित गरेको भए मेक्सिको बाहिरिने पनि सम्भावना थियो । तर दक्षिण कोरिया र जर्मनीकोव खेल आफू अनुकुल आएपछि मेक्सिकोको अन्तिम १६ प्रवेश सहज भएको हो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ