समूह 'र्इ' का ब्राजिल र स्विट्जरल्याण्ड अघिल्लो चरणमा प्रवेश

2018-06-28

काठमाडौं - रुसमा जारी फिफा विश्वकपको समूह 'र्इ' अन्तरगत बुधबार रातिको खेलमा सर्बियामाथि सहज जित हात पार्दै ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको छ । सर्बिलाई २–० ले हराउँदै ब्राजिल समूह विजेता बन्दै प्रिक्वाटर फाइलनमा स्थान सुरक्षित गर्न सफल भएको हो ।

ब्राजिलको जितका लागि मिडफिल्डर कोउटिन्होले ३६ औं मिनेटमान गोल गरे भने थिएगो सिल्भाले ६८ औं मिनेटमा गोल गरे । खेलमा ब्राजिलले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राख्दै निरन्तर आक्रमण गरेको थियो ।

स्विट्जरल्याण्ड उपविजेता

समूह 'र्इ' कै अर्काे खेलमा स्विट्जरल्याण्डले कोस्टारिका सँग २–२ को बराबरी खेली समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ ।

खेलमा स्विट्जरल्याण्डले २ पटक अग्रता बनाएको थियो । ब्लेरिम जेमइलीको गोलबाट अग्रता बनाएको स्विट्जरल्याण्ड पहिलो हाफसम्म १–० ले अगाडी थियो । ५६ औं मिनेटमा कोस्टारिकाका लागि डिफेन्डर केन्डल वाट्सनले बराबरी गोल गरे ।

खेलको ८८ औं मिनेटमा जोसिप डर्मिकले गोल गरी पुन अग्रता बनाए पनि ९० मिनेटपछिको अतिरिक्त समयमा स्विट्जरल्याण्डका योन सोमर मार्फत कोस्टारिकाका लागि आत्मघाती गोल उपहार पाएपछि खेल २–२ को बराबरीमा सकियो ।

प्रिक्वाटर फाइलनमा ब्राजिलले समूह एफ को उपविजेता उत्तर अमेरिकी टोली मेक्सिकोलाई प्रतिद्वन्द्वी पाएको छ । भने स्विट्जरल्याण्डले समूह विजेता स्वीडेनको सामना गर्ने भएको छ ।

कोस्टारिका र सर्बिया भने प्रतियोगिताबाट बाहिरिएका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ