ज्यानै लिने गोल…धम्कीले तनावमा सान्चेज !

2018-06-27

एजेन्सी - गत मंगलबार (असार ५ गते) रुसको सारान्स्कस्थित मोर्डोभिया एरिना रंगशालामा विश्वकप फुटबलको समूह ‘एच’को पहिलो खेलमा कोलम्बिया र जापानबीच भेट भयो । खेलको सुरुवातीमै जापानले आक्रमण ग-यो । जापानका सिन्जी काबागाले खेलको तेस्रो मिनेटमै कोलम्बियाली गोलपोस्टमाथि धावा बोले । उनले लगभग गोल हुनेगरी गरेको प्रहारलाई कार्लोस सान्चेजले रोक्ने क्रममा अञ्जानवश उनको हात अघि स-यो । उनले हातले बल रोके ।

कोलम्बियन समर्थकले आफ्नो टोलीले जापानलाई सजिलै हराउने अनुमान गरेका थिए । तर, त्यस्तो भएन । हारको सबै दोष सान्चेजलाई दिइएको छ । सामाजिक सञ्जालमार्फत उनलाई ज्यान लिने धम्की दिइएको छ । उनको सुरक्षा सतर्कता बढाइएको छ ।

गोलखानबाट टिमलाई जोगाए । तर, स्लोभेनियन रेफ्रीले तत्कालै रेडकार्ड देखाएर सान्चेजलाई मैदान बाहिर पठाए । डिबक्सभित्रै ह्यान्ड भएकाले जापानलाई पेनाल्टी दिए । काबागाले त्यसलाई गुमाएनन् । खेलको छैटौँ मिनेटमै जापानले १–० को अग्रता लियो । अर्कोतिर कोलम्बिया दोहोरो मारमा प-यो । खेलको सुरुवातीमै १० खेलाडीमा सीमित पनि भयो र एक गोलले पछि पनि प-यो ।

एक खेलाडी गुमाउनका बाबजुद पनि कोलम्बियाले ३९औँ मिनेटमा गोल फर्कायो । उसका लागि जुवान फर्नान्डो क्विइन्टेरोले गोल गरे । तर, पुनः जापानका युया ओसाकाले ७३औँ मिनेटमा गोल गरे र कोलम्बियालाई स्तब्ध बनाए । योसँगै इतिहास पनि लेखियो । जापान विश्वकपमा कुनै पनि दक्षिण अमेरिकी देशलाई हराउने पहिलो एसियाली टिम बन्यो ।

कोलम्बियन समर्थकले आफ्नो टोलीले जापानलाई सजिलै हराउने अनुमान गरेका थिए । तर, त्यस्तो भएन । र, यसको सबै दोष सान्चेजलाई दिइएको छ । उनलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की आएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार सान्चेजको सुरक्षा सतर्कता अपनाइएको छ । राष्ट्रिय टिममा ८६ खेल खेलेका सान्चेजको पक्षमा उनका प्रशिक्षक पनि उभिएका छन् ।

प्रशिक्षक जोसे पेकम्यानले भने, ‘सान्चेज टिमकै भरपर्दा खेलाडी हुन् ।’ दक्षिण अमेरिकामा फुटबललाई प्रतिष्ठाको रूपमा लिइन्छ । अझ विश्वकप फुटबललाई निकै महत्वका साथ हेरिन्छ । नजानीकनै गरेको गल्तीलाई पनि छुट नदिने ‘पागल दर्शक’ त्यहाँ छन् । सन् १९९४ को विश्वकपमा आत्मघाती गोल गरेका कारण कोलम्बियाका एक खेलाडीको गोली हानी हत्या गरिएको थियो । त्यस घटनाले पनि सान्चेजलाई दिइएको धम्की खेलवाड हुननसक्ने अनुमान गरिएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ