यात्रा प्रतिबन्ध सम्बन्धी ट्रम्पको योजना सर्वोच्चद्वारा सदर

2018-06-27

एजेन्सी - संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतले मुसलमान बाहुल्य भएका छवटा सहित विभिन्न आठवटा देशका यात्रुहरु विरुद्ध राष्ट्रपति ट्रम्पले लगाएका प्रतिबन्धहरुलाई झिनो बहुमतको फैसलाबाट सदर गरिदिएको छ।

चारका विरुद्ध पांच मतका साथ सर्वोच्च अदालतबाट भएको त्यस्तो बहुमतको फैसलाले राष्ट्रपति ट्रम्पको पक्षमा ठूलो जित भएको छ।

यसलाई उनको राष्ट्रपतिय कालमा हालसम्मकै सबैभन्द ठूलो विजयमध्येको एक भनिएको छ।

अदालतको फैसलाका अनुसार राष्ट्रपतिले लागु गर्न खोजका यात्रा प्रतिबन्धबाट अमेरिकी आप्रवसन कानुन वा देशको संविधानको प्रथम संशोधन बमोजिम सरकारले कुनै पनि धर्मको पक्ष लिन नहुने भन्ने प्रावधानको उलंघन भएको छैन।

पांच परम्परावादी न्यायाधिशहरुको समर्थन सहित एक मतको बहुमतबाट आफ्नो नीतिको पक्षमा फैसला आएपछि राष्ट्रपति ट्रम्पले ट्वीटरमा खुशी झल्काउने एक शब्दको सन्देश लेख्दै प्रारम्भिक प्रतिक्रिया जनाएका छन्।

उनले ट्वीट गरेका छन्, “वाउ”।

र यस्का साथै राष्ट्रपतिको नीतिले मुसलमानहरु विरुद्ध गैरकानुनी रुपमा प्रतिबन्ध लगाउन खोजेको भन्ने विषयमा तल्ला अदालतहरुमा चलेको भिडन्त हालका लागि अन्त्य भएको छ।

राष्ट्रपति ट्रम्पले गत वर्ष लागु गर्न खोजेका ति प्रतिबन्धहरुले सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकहरुलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए। बीबीसी




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ