तुलसीपुर उपमहानगरको बजेट १ अर्ब ५७ करोड, यस्ता छन् योजना !

2018-06-26

तुलसीपुर - तुलसीपुर उपमहानगरपालिकाले १ अर्ब ५७ करोड बढीको बजेट आर्थिक बर्ष २०७५/७६ को बजेट प्रस्तुत गरिएको छ ।

खुसी जनता सम्बृद्ध तुलसीपुर, हाम्रो तुलसीपुर राम्रो तुलसीपुर भन्ने मूख्य नाराका साथ तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले १ अर्व ५७ करोड ४१ लाख ९१ हजार २ सय ७ रुपैया आय अनुमान गरिएको बजेट आईतबार प्रस्तुत गरेकी हुन् ।

आर्थिक बर्ष २०७४/७५ मा बिभिन्न योजना,चालु र पुँजीगत शीर्षकमा १ अर्व १८ करोड, ३९ लाख १५ हजार ३ सय ९७ खर्च हुने अनुमान गरिएकोमा २०७५ असार ७ गते सम्म खुद खर्च भई ९२ करोड ८३ लाख ८६ हजार ६१ रुपैया खर्च हुने अनुमान गरिएको छ ।

२०७५/७६ को बजेटका लागि ७५ वटा बिभिन्न शिर्षमा उक्त रकम खर्च गरिने छ । तुलसीपुर उपमहानगरपालिका भित्र भौतिक पुर्बाधार निर्माण गर्न नगर र वडा स्तरिय गौरवका योजनाका लागि ३० करोड, तुलसीपुर नगरस्तरिय पुस्तकालय सञ्चालनका लागि ५० लाख,अटोभिलेजका १ करोड,आधुनिक बसपार्क निमार्णका लागि १० करोड, अपाङता तथा बिभिन्न समुदायका बालबालिकाहरुको छात्रबृत्तिका लागि २५ लाख र राप्ती शान्ति उद्यान, चमेरे गुफा, थर्कोट, गौरीगाँउ ताल, ववई नदि, कृष्ण मन्दिर पार्कलाई पर्यटकीय स्थल बनाउन १ करोड, तुलसीपुर आविष्कार केन्का लागि २५ लाख बिनियोजन गरिएको छ ।

यस्तै टोवाको फ्रि टोल विकास संस्था घोषणा गर्न ३ लाख, महिला पहिलो अभियान कार्यक्रमका लागि ५ लाख, तुलसीपुर पुूर्वाधार विकास प्राधिकरण बनाई सडक, पुल आदि पूर्वाधारको संरचना निर्माणका लागि ५ करोड, तुलसीपुर आईटि पार्क निर्माणका लागि ५० लाख, बेरोजगार युवहरुको तथ्याङक संकलन गरि युवा स्वरोजगार कार्यक्रमका लागि १० लाख विनियोजन गरिएको छ ।

अस्वारामा भ्यूटावर ,कमल पोखरी फन पार्क, सार्वजनिक पार्क निर्माणका लागि २५ लाख बिनियोजन गरिएको छ । तुलसीपुर १० ठुटीदेखि हस्नापुर हुदै दामोदर रोड जोड्ने श्रीमणी मार्ग सडक कालोपत्रेका लागि ५० लाख, तुलसीपुर ३ हर्नेटीदेखि चमेरे गुफा सम्म पर्यटन मार्गका लागि २० लाख र तुलसीपुर १० वनगाँउदेखि वडा नम्वर ११ नवलपुर हुदै मोतिपुरसम्म कालोपत्र सडक निर्माणका लागि ४० लाख रकम बिनियोजन गरिएको छ ।

तुलसीपुर चक्रपथ निर्माणका लागि प्रदेश सरकारको ३ करोड र उपमहानगरपालिकाको २ करोड गरि ५ करोड, छिल्लीकोटलाई पर्यटकीय गन्तब्यको विकास गर्न ५० लाख विनियोजन गरिएको छ ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको बिधेयक पनि प्रस्तुत गरिएको थियो । जसमा सम्पत्ति कर, भूमि कर(मालपोत), घर जग्गा वहाल कर, व्यवसाय कर, जडिबुटी, कवाडी र जीवजन्तु कर, सवारी साधन कर, बिज्ञापन कर, मनोरञ्जन कर, वहाल बिटौरी कर आन्तरिक आर्थिक स्रोतका रुपमा बिधेयकमा प्रस्तुत गरिएको छ ।

यस्तै पार्किङ शुल्क, टे«किङ, कायोकिड, क्यानोईङ, बन्जी जम्पिङ, जिपफ्लायर र ¥यागफटिङ, सेवा शुल्क दस्तुर, बिक्रि तथा निकासी शुल्क, पर्यटन शुल्क, लगानीबाट प्रतिफल, कर छुट, कर तथा शुल्क संकलन सम्बन्धि कार्यविधि १८ वटा शिर्षकमा कर असुली सम्बन्धि बिधेयकका बुँदाहरु प्रस्तुत गरिएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ