१० खेलाडीमा सीमित कोलम्बियामाथी जापान बिजयी

2018-06-20

मस्को - १० खेलाडीमा सीमित कोलम्बियालाई २-१ गोलले स्तब्ध पार्दै एसियाली टोली जापानले रुस विश्वकपमा सुखद सुरुआत गरेको छ। समूह ‘एच’अन्तर्गत मंगलबार बेलुका भएको प्रतिस्पर्धात्मक खेलमा कोलम्बिया खेलको तेस्रो मिनेटमै १० खेलाडीमा समेटिएको थियो।

डीबक्सभित्र बल बचाउने क्रममा कोलम्बियाका कार्लोस सान्चेजले ह्यान्ड गरेपछि उनी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। रुस विश्वकपका कार्लोसले पाएको यो पहिलो रातो कार्ड हो। विश्वकपको इतिहासमा भने यो खेल सुरु भएको कम समयमा पाएको दोस्रो रातो कार्ड हो।

यसअघि सन् १९८६ को विश्वकपमा स्कटल्यान्डविरुद्घको खेल सुरु भएको पहिलो मिनेटमै उरुग्वेका जोसे बाटिस्टाले रातो कार्ड पाएका थिए। कार्लोसको त्यही गल्तीमा जापानले पेनाल्टीको अवसर पाएको थियो।

जापानका सिन्जी कागावाले पेनाल्टीको सदुपयोग गरे। १० खेलाडीमा समेटिएपछि पनि आक्रामक देखिएको कोलम्बियाले ३९औं मिनेटमा बारबरी गोल फर्कायो। कोलम्बियाका हुवाँ क्विनटेरोले बराबरी गोल गरेका थिए।

क्विनटेरोको प्रहारलाई जापानका गोलरक्षकले गोल लाइनभित्र समाए पनि रेफ्रीले गोल दिएका थिए। पहिलो हाफमा संकट टारेको कोलम्बिया दोस्रो हाफमा त्यति जम्न सकेन।

खेलको अन्तिमसम्म लयमा देखिएको जापानले ७३ औं मिनेटमा दोस्रो गोल गर्‍यो। जापानका युया ओसाकोले हेड गोल गर्दै टोलीलाई जित दिलाए। उनले केइसुके होन्डाको कर्नर पासमा गोल गरेका हुन्।

कोलम्बियाले दोस्रो हाफमा टोलीका प्रभावशाली खेलाडी जेम्स रोड्रिगेजलाई उतारे पनि सफलता पाउन सकेन। जितसँगै समूहमा जापानले महत्वपूर्ण तीन अंक बनाएको छ।

पुरानै खेलाडीको भरमा रुस यात्रा गरेको जापानले पहिलोपटक सन् १९९८ को विश्वकप खेलेको थियो। त्यसयता जापानले नियमित विश्वकप खेल्दै आएको छ। यसैगरी कोलम्बियाले २०१४ को विश्वकपमा डार्क हर्सको छवि बनाएको थियो।

कोलम्बियाले सन् २००२ देखि सन् २०१० को तीनवटा विश्वकप छनोट चरण नै पार गर्न सकेन। तर, रुस विश्वकपमा बलियो छाप छाड्ने अभियानमा रहेको कोलम्बियालाई पहिलो खेलको सुरुआतमै पाएको रातो कार्ड महँगो सावित भयो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ