सरकारमा सहभागी हुने राजपाको संकेत !

2018-06-19

काठमाडाैं - राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) तत्काल सरकारमा जाने कि नजाने भन्नेबारे अन्यौलमा छ । तर, पार्टीका केही प्रभावशाली नेताहरुले सरकारमा सहभागी हुन अब ढिलाई गर्न नहुनेमा जोड दिएका छन् ।

अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्ष मण्डलकै सदस्य राजेन्द्र महतो सरकारमा जानुपर्नेमा उभिएका छन् । तर, अध्यक्ष मण्डलका अन्य सदस्यहरु राजकिशोर यादव, अनिल झा र महेन्द्र राय यादव लगायतका नेताहरु भने सरकारमा यथास्थितिमा जान नहुने पक्षमा देखिएका छन् ।

अध्यक्ष मण्डलका अर्का सदस्य शरदसिंह भण्डारी भने अहिले सरकारमा जाने वा नजाने भन्नेबारे प्रष्टसँग खुलेका छैनन् । स्रोतले दिएको जानकारी अनुसार भण्डारी पनि भित्री रुपमा सरकारमा जानुपर्ने र आफू नै मन्त्री बनाउनुपर्ने लविङमा छन् ।

स्रोतका अनुसार संयोजक ठाकुर भने यतिवेला अर्का प्रभावशाली नेता महतोलाई मन्त्री बनाएर सरकारमा पठाउन चाहेका छन् । त्यसो गर्न सके ठाकुर पार्टीको संसदीय दलको नेता र अध्यक्ष आँफै बन्न सक्ने निश्कर्षसहित आफू निकटका नेताहरुसँग अहिले आन्तरिक परामर्शमा छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजपालाई सरकारमा ल्याउनको लागि नियमति रुपमा राजपाका नेताहरुसँग छलफल गरिरहेका छन् । संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भएलगत्तै राजपा पनि सरकारमा जान सक्ने अनुमानहरु गरिएको थियो ।

२ नम्बर प्रदेशमा रहेको राजपा र फोरम नेतृत्वको सरकार जोगाउनको लागि राजपाभित्र केन्द्रिय सरकारमा सहभागी हुनुपर्नेबारे चर्को आवाज उठिरहेको थियो ।

प्रधानमन्त्री ओली ६ दिने राजकीय भ्रमणको लागि आज चीन प्रस्थान् गरेका छन् । ओली चीनबाट फर्के लगत्तै राजपा सरकारमा जान सक्ने आँकलन गरिएको छ । राजपाका शीर्ष नेताहरु सत्तारुढ दलका नेकपाका नेताहरुसँग आन्तरिक छलपलमा छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ