बेल्जियमको प्रभावशाली सुरुवात, पनामा ३-० ले पराजित

2018-06-19

काठमाडौँ - विश्वकप फुटबल प्रतियोगिता अन्तरगत बेल्जियमले प्रभावशाली सुरुवात गरेको छ । समूह जी को सोमबार राति भएको खेलमा बेल्जियमले पनामालाई ३–० ले पराजित गरेको हो ।

बेल्जियमको सहज जितमा म्यानचेस्टर युनाइटेडका स्ट्राइकर रोमेलु लुकाकुले २ गोल गरे । नवप्रवेशी पनामाविरुद्ध गोलको खाता भने डिरेस मेर्टेन्सले खेलको ४७ औँ मिनेटमा खोलेका थिए ।

युरोपेली क्षेत्रबाट डार्क हर्सकारुपमा हेरिएको बेल्जियमले डिफेन्सदेखि अग्रपंक्तिसम्ममा सन्तुलित प्रदर्शन गर्यो । बेल्जियमको जितका लागि लुकाकुले खेलको ६९ औँ मिनेटमा केभिन डे ब्रुनेको पासमा हेडमार्फत् व्यक्तिगत पहिलो तथा टिमका लागि दोस्रो गोल गरे ।

त्यसपछि खेलको ७५ औँ मिनेटमा एडिन हजार्डको पासमा लुकाकुले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै पनामामाथि दबाब बढाए । त्यसपछि दुवै टोलीबाट गोल हुन नसकेपछि बेल्जियमले पनामाविरुद्ध ३–० को सहज जित निकाल्यो । यही समूहमा रहेका इङ्ल्यान्ड र ट्युनिशिया आजै राति हुने खेलमा प्रतिस्पर्धा गर्दैछन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ