ट्युनिसियामाथि इङ्ल्याण्डको २-१ को जित

2018-06-19

काठमाडौँ - फिफा विश्वकपको समूह जी अन्तरगत इङ्ल्याण्ड र ट्युनिसिया बीचको खेलमा इङ्ल्याण्डले कठीन जित निकालेको छ । उपाधि दावेदार मानिएको एक पटकको विश्व विजेता इङ्ल्याण्डले अफ्रिकन टोली ट्युनिसियामाथि २-१ को जित हात पारेको हो ।

इङ्ल्याण्डको जितका लागि दुवै गोल ह्यारी केनले गरे । ह्यारीले ११ औं मिनेटमा गोल गरी इङ्ल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ट्युनिसियाले पेनाल्टीको अवसर पाएपछि ३५ औं मिनेटमा फरजानी सासीले गोल गरी खेल बराबरी गरे ।

खेलको अन्तिमसम्म १-१ को बराबरी रहेकोमा ९० मिनेटपछिको अतिरिक्त समयमा टोलीका कप्तानसमेत रहेका ह्यारी केनले व्यक्तिगत दोस्रो गोली गरी इङ्ल्याण्डलाई जितसहित ३ अंक दिलाउन सफल भए । जितपछि समूह चरण पार गरी अघि बढ्न इङ्ल्याण्डका लागि सहज भएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ