स्विडेन भर्सेस दक्षिण कोरिया : साख फर्काउने दाउँमा कोरिया

2018-06-18

निज्ने नोभगोर्ड – सन् २००६ पछि पहिलो पटक विश्वकपमा छनोट भएको स्विडेनसँग यसपालि रूसमा प्रेरणादायी सुपरस्टार ज्लाटान इब्राहिमोभिचको साथ रहने छैन।

सन् २०१६ को युरोपियन च्याम्पियनसिपपछि इब्राहिभोभिचले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेपछि स्विडेनको टोली संकटमा पर्ने अनुमान गरिएको थियो । तर स्विडेनले १२ वर्षको अनुपस्थिति चिर्ने क्रममा विश्वकपमा स्थान पक्का गरेपछि उक्त अनुमानलाई गलत साबित गराइदियो।

युरोपेली छनोटको समूह ‘ए’को स्विडेनले दोस्रो स्थानमा बस्दै प्लेअफमा स्थान पक्का गरेको थियो । स्विडेनले प्लेअफमा इटालीलाई १–० ले निराश पार्दै रूस विश्वकपको टिकट काटेको थियो । विश्वकपको समूह ‘ई’ मा रहेको स्विडेनले सोमबार दक्षिण कोरियाविरुद्धको खेलसँगै रूस विश्वकपको यात्रा सुरुआत गर्छ।

सन् २००२ मा घरेलु मैदानमा सम्पन्न विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको दक्षिण कोरिया सन् २००६ को जर्मनी विश्वकपमा भने समूहचरणबाटै बाहिरिएको थियो । त्यस्तै सन् २०१० मा अन्तिम १६ सम्मको यात्रा पक्का गरेको एसियाली टोली सन् २०१४ को विश्वकपमा भने जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको थियो । ब्राजिल विश्वकपमा भोगेको लज्जास्पद हारपछि दक्षिण कोरियाली समर्थकले इन्चोन अन्तर्राष्ट्रिय विमानस्थनलमा खेलाडीमाथि चक्लेट प्रहार गरेका थिए।

समूहमा विश्वविजेता जर्मनी र मेक्सिको पनि भएकाले स्विडेन र दक्षिण कोरिया सुखद सुरुआतका साथ अन्तिम १६ सम्भावना कायम राख्न चाहन्छन् । स्ट्राइकर मार्कुुस बर्ज, कप्तान तथा रक्षक आन्द्रियास ग्रान्कभिस्ट तथा मिडफिल्डर इमिल फोसबर्गको उपस्थितिले प्रशिक्षक याने एन्डरसनको टोली सन्तुलित देखिएको छ।

यसै सिजन अमेरिकी मेजर सकर लिगको क्लब एलए ग्लालेक्सीमा अनुबन्धित इब्राहिमोभिच हाल प्रायोजन सम्झौताका लागि रूसमा छन् । विश्वकपमा लागि स्विडिस टोलीमा फर्कन अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास फिर्ता लिने संकेत गरेका इब्राहिमोभिचले केही दिनअघि आफूबिनाको टोली दबाबमा हुने र उनीहरूले विश्वकप जित्न नसक्ने प्रतिक्रिया दिएका थिए।

यता दक्षिण कोरियाली टोलीको प्रदर्शन भने टोटेनह्यामका स्ट्राइकर सन ह्युङ–मिनमा निर्भर हुनेछ । दक्षिण कोरिया सनकै प्रदर्शनमा विश्वकपमा गुमेको साख फर्काउने लक्ष्यमा छ । त्यस्तै स्ट्राइकर किम सिन–उक दक्षिण कोरियाका अर्का भरपर्दा खेलाडी हुन्।

स्विडेनको टोली
गोलकिपर : रोबिन ओल्सेन (कोपनहेगन), कार्ल योहान योहान्सन (गुइनग्याम्प), क्रिस्टोफर नर्डफेल्ड्ट (स्वान्सी)

रक्षक : मिकेल लुस्टिग (सेल्टिक), भिक्टर लिन्डेलफ (म्यानचेस्टर युनाइटेड), आन्द्रियास ग्रान्कभिस्ट (क्रास्नोडर), मार्टिन ओल्सन (स्वान्सी), लुडविग अगस्टिन्सन (वेर्डेर ब्रेम्यान), फिलिप हेलानडर (बोलोग्ना), इरिक क्राफ्ट (बोलोग्ना), पोन्टस यान्सन (लिड्स युनाइटेड)

मिडफिल्डर : सेवास्टिन लार्सन (हल सिटी), अल्बिन इकडाल (ह्यामबर्गर एसभी), इमिल फोर्सबर्ग (आरबी लिपजिग), गुस्टाभ स्येनसन (सेटल सन्डर्स एफसी), ओस्कार हिजमार्क (जिनुवा), भिक्टर क्लाइसन (क्रास्नोडर), मार्कुस रोहडिन (क्रोटोने), जिमी डुर्माज (टाउलोउज)

फरवार्ड : मार्कुस बर्ग (अल अइन), जोन गुइडेटी (आल्भेस), ओला तोल्भोनेन (टालोउस), इसाक किसे थेलिन (वासल्यान्ड बेभेरान)

दक्षिण कोरियाली टोली
गोलकिपर : चो ह्युन उ (डाइगु एफसी), किम जिन ह्योन (सेरेजो ओसाका), किम सियुङ ग्यु (भिसेल कोबे)

रक्षक : गो यो हान (एफसी शोल), हङ चुल (साङजु साङमु), चाङ ह्युन सु (एफसी टोकियो), जुङ सियुङ ह्योन (सागान टोसु), किम मिन उ (साङ्जु साङ्मु), किम योङ ग्योन (ग्वान्झाउ इभरग्रान्डे), ली योङ (जियोबुक ह्युन्डाई मोटर्स), ओ बान सुक (जेजु युनाइटेड), पार्क जु हो (उल्सान हुन्डाई), युन योङ सन (सियोननाम एफसी)

मिडफिल्डर : जु से जोङ (आसान मुगुन्ग्वा), जङ उ योङ (भिसेल कोबे), की सुङ योङ (स्वान्सी), को जा चोइल (औसबर्ग), ली जाई सङ (जोन्बुक हुन्डाई मोटर्स), ली सिउङ उ (हेलास भेरोना), मुन सियोन मिन (इन्चोन युनाइटेड)

फरवार्ड : ह्वाङ हाई चान (रेडबुल साल्जबर्ग), किम सिन उक (जियोबुक हुन्डाई मोटर्स), सन ह्युङ मिन (टोटेनह्याम)




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ